१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २८ बुधबार
  • Monday, 01 July, 2024
२o७९ बैशाख २८ बुधबार o७:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

मतदाता शिक्षा कार्यक्रम नहुँदा  लमजुङका मतदाता अन्योलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २८ बुधबार o७:२६:oo

स्थानीय तह निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा बदर हुने मतको संख्या बढ्ने देखिएको छ । यसपटक फरक दलबीच गठबन्धन गरेर आ–आफ्नै चुनाव चिह्नबाट चुनाव लड्ने हुँदा मत बदर हुने सम्भावना झनै बढेको हो । 

यस वर्ष सत्तासीन दलले छिटपुटबाहेकका स्थानीय तहमा आ–आफ्नै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने गरी गठबन्धन बनाएपछि मतदातामा अन्योल हुने सम्भावना बढेको छ । मतदान गर्ने दिन नजिकिए पनि मतदाता शिक्षामा आवश्यक चासो नदेखिएको मतदाताको गुनासो छ । लमजुङको बेँसीसहर नगरपालिका– ११ की कृष्णमाया श्रेष्ठ कसरी मतदान गर्ने भन्ने अन्योलमा छिन् । मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा कृष्णमायाजस्ता धेरै मतदाता अहिले अलमलमा छन् । दूधपोखरीकी विष्णुमाया गुरुङ पनि मतदान प्रक्रियाबारे जानकार छैनन् । ‘पहिलेको निर्वाचनमा गाउँगाउँमा मतदान शिक्षाबारे जानकारी गराइन्थ्यो । तर, अहिले कसरी मत हाल्ने भन्ने जानकारी नहुँदा मत खेर जान्छ कि भन्ने चिन्ता रहेको छ,’ उनले भनिन् ।

जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सिर्जना मिश्रले यसपटक मतदाता शिक्षा कार्यक्रम नराखिएको बताइन् । मतदान गर्ने विषयमा विभिन्न सञ्चारमाध्यमबाट जानकारी हुने भएकाले आयोगबाट यो कार्यक्रम हटाइएको उनको भनाइ छ । मतदाता शिक्षाबारे राजनीतिक दल र तिनका उम्मेदवार तथा कार्यकर्ता पनि अन्योलमै छन् । नमुना मतपत्र आइसकेको भए पनि उम्मेदवार प्रचारमै व्यस्त भएकाले मतदाता शिक्षातर्फ ध्यान दिन नपाइएको उम्मेदवारहरू बताउँछन् ।

विशेषगरी, नयाँ मतदाता र वृद्धवृद्धालाई मतदाता शिक्षा आवश्यक रहेको मर्स्याङ्दी गाउँपालिकाका स्थानीय नरबहादुर गुरुङ बताउँछन् । उम्मेदवार भोट माग्नमै व्यस्त छन्,’ उनले भने, ‘मत बदर हुन नदिन मतदाता शिक्षा दिनु आवश्यक छ ।’ यसअघिको स्थानीय तह निर्वाचनमा जिल्लामा कुल एक हजार नौ मत बदर भएको थियो ।

ad
ad
ad
ad