१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २७ मंगलबार
  • Friday, 28 June, 2024
२o७९ बैशाख २७ मंगलबार १२:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

हुम्लामा नमुना मतदान सम्पन्न, मतदाता शिक्षा आवश्यक देखिएको सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २७ मंगलबार १२:५२:oo

हुम्लामा स्थानीय तह निर्वाचनको नमुना मतदान सम्पन्न भएको छ। मतदान गर्न तीन दिन मात्रै बाँकी रहँदा हुम्लामा सिडिओ, न्यायाधीशदेखि सञ्चारकर्मीसम्मले नमुना मतदान गरेका हुन्।

सदरमुकाम सिमकोटमा भएको मतदानमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) सीता परियार, न्यायाधीश जगतबहादुर पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष राजन रावतलगायतको सहभागिता रहेको थियो। सिमकोट गाउँपालिका– ६ स्थित कालाशिल्ता आधारभूत विद्यालयमा नमुना मतदान गरिएको हो।

नमुना मतदानपछि प्रजिअ परियारले वृद्धवृद्धा अशक्तलगायतका लागि मतदाता शिक्षा आवश्यक देखिएको बताइन्। त्यसैगरी, नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष रावतले पनि नमुना मतदान गर्दै हुम्लामा सर्वसाधारणका लागि मतदाता शिक्षा आवश्यक रहेको बताए। जिल्लामा धेरै मतदाताले मत बदर गर्ने सम्भावना रहेको उनले बताए।

ad
ad
ad
ad