१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २२ बिहीबार
  • Saturday, 21 September, 2024
२o७९ बैशाख २२ बिहीबार ११:o४:oo
Read Time : < 1 मिनेट
निर्वाचन

बागीलाई सघाएको आरोपमा एमालेबाट आठजना निष्कासित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २२ बिहीबार ११:o४:oo

एमाले मेचीनगरले बागी उम्मेदवार बनेका र तिनलाई सघाएको आरोपमा आठजनालाई कारबाही गरेको छ । मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको सदस्यतासमेत नरहने गरी कारबाही गरिएको पार्टीका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिए । उपप्रमुखमा बागी उम्मेदवारी दिएका घिमिरे एमालेको क्षेत्रीय कमिटीको संयोजक हुन् । 

पार्टीबाट निष्कासित हुनेमा उपप्रमुखको बागी उम्मेदवार घिमिरेका समर्थक र प्रस्तावक क्रमशः दीपक घिमिरे र खिलबहादुर गिरी छन् ।  वडा नम्बर २ का आधिकारिक उम्मेदवार दीपक बरालविरुद्ध बागी उम्मेदवारी दिएका तिलक न्यौपाने र उनकाे समर्थक बसेका मेघनाथ बास्तोलालाई पनि एमालेले कारबाही गरेको छ ।

बागी उम्मेदवार न्यौपानेको प्रचारप्रसारमा लागेका सोही वडाका पार्टी अध्यक्ष भानु ढुंगेल, तुलसा धिताल र हरिचरण चौलागाईंलाई समेत अनुशासन उल्लंघन गरेको आरोपमा एमालेले कारबाही गरेको छ । वडा नम्बर ७ को वडाध्यक्षमा एमालेका बागी उम्मेदवार नेत्रप्रसाद दाहाललाई समेत पार्टीको सदस्यसमेत नरहने गरी निष्कासित गरिएको पार्टीका नगर अध्यक्ष पोखरेलले बताए ।