नेपाल पुलिस क्लबको महिला तथा पुरुष टोलीले राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा जित निकालेका छन् । राष्ट्रिय खेलकुद परिषद्मा बुधबार सम्पन्न महिलातर्फ पुलिसले बुटवलको एभरेस्ट भलिबल क्लबलाई २५–१८, २५–१९, २५–१४ ले हरायो । पुरुषमा पु्लिसले गण्डकी प्रदेश भलिबल क्लबलाई २५–२३, २५–१६, ३२–३० ले पराजित गर्यो ।
महिलातर्फको अर्को खेलमा नेपाली सेनाले न्यु डायमन्ड क्लबलाई २५–१६, २५–१२, २५–१२ ले पराजित गरेको छ ।महिलातर्फ पुलिस र सेनाले समान तीन खेलबाट ६ अंक बनाएका छन् । नेपाल एपिएफ क्लबले तीन अंक हात पारेको छ । एभरेस्टले दुई अंक र न्यु डायमन्डले एक अंक बटुलेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा भएको प्रतियोगिताको पुरुषतर्फ हेल्प नेपालले एपिएफमाथि ३–१ को जित निकाल्यो । हेल्प नेपालले एपिएफलाई २५–२२, २५–१९, २८–३० र २५–२३ ले पराजित गर्यो । पुरुषतर्फ पुलिसले सर्वाधिक नौ अंक जोडेको छ । नेपाली सेनाले नौ तथा हेल्प नेपालले आठ अंक हात पारेका छन् ।