१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ बैशाख २० मंगलबार ११:५४:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

जलेश्वरमा  हटाइयो आचारसंहिताविपरीतका चुनावी प्रचारप्रसार सामग्री

Read Time : < 1 मिनेट
२०७९ बैशाख २० मंगलबार ११:५४:००

महोत्तरीको सदरमुकाम जलेश्वरमा आचारसंहिताविपरीतका चुनावी प्रचारप्रसार सामग्री हटाइएको छ ।

जलेश्वरका मुख्य सडक, चोक एवं भित्री गल्लीहरूमा  राखिएको आचारसंहिताविपरीतको चुनावी प्रचारप्रसार सामग्री हटाइएको मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले बताए । उनले सोमबार नै राजनीतिक दलहरूसँग छलफल गरेर आचारसंहिताविपरीतका चुनावी प्रचारप्रसार सामग्री हटाइएको बताए ।

केही दिनयता जलेश्वरलगायतका महोत्तरीका विभिन्न स्थानमा आचारसंहिताविपरीत चुनावी प्रचारप्रसार सामग्रीहरू चोक तथा गाउघरमै छ्यापछ्याप्ती राखिएको थियो ।