१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १९ सोमबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १९ सोमबार o९:२१:oo
Read Time : < 1 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

काठमाडौं महानगरमा चारजना वडासदस्य निर्विरोध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १९ सोमबार o९:२१:oo

 हिमाली र दुर्गम जिल्लामा मात्र होइन, काठमाडौं महानगरमै समेत कतिपय उम्मेदवार निर्विरोध भएका छन् । काठमाडौं महानगरपालिकामा चारजना वडासदस्य निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत ११ र १२ वैशाखमा भएको मनोनयन दर्ताका क्रममा वडा १८, २२, २३ र २७ गरी चारवटा वडाबाट दलित महिला सदस्य पदमा एक–एकजनाको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । 

यसरी निर्वाचित हुनेमा वडा १८ की अम्बिका सुनार, २२ की गीता परियार, २३ की कञ्चना नेपाली (हरिजन) र २७ की प्रभा परियार रहेका छन् । वडा १८, २२ र २७ मा एमालेबाट मात्र र वडा २३ वाट कांग्रेसबाट मात्रै उम्मेदवारी परेको थियो ।