१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १६ शुक्रबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका वासिङ्टन
२o७९ बैशाख १६ शुक्रबार १२:५६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकाले क्वाड बैठकमा रुसविरुद्ध संयुक्त प्रतिक्रियाका लागि आह्वान गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
नयाँ पत्रिका
२o७९ बैशाख १६ शुक्रबार १२:५६:oo

अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना टोकियोमा हुने क्वाड शिखर सम्मेलनमा रुसविरुद्धको एकीकृत प्रतिक्रियाको मुद्दा उठाउने भएका छन्। सो अवसरमा युक्रेनलाई सहयोग गर्न वासिङ्टनले चालेका कदमबारे अद्यावधिक जानकारी पनि दिइनेछ।

ह्वाइटहाउसले बिहीबार बताएअनुसार जापानले मे २४ मा टोकियोमा क्वाड्रिलेटरल सेक्युरिटी डायलग (क्वाड) राष्ट्रका नेताहरूको शिखर सम्मेलनको घोषणा गरेपछि यो कुरा आएको हो। बाइडेनले रुसलाई एकीकृत प्रतिक्रियाको मुद्दा उठाउने कि नउठाउने भन्ने प्रश्नको जवाफमा ह्वाइटहाउसकी प्रेस सचिव जेन साकीले भनिन्, ‘हामी यस बैठकमा पनि त्यही भावना व्यक्त गर्नेछौँ।’

‘अब, यो बैठक केही हप्ता टाढा छ।  त्यसैले  यसबीचमा धेरै कुरा विकसित हुन पनि सक्छ,’ साकीले भनिन्, ‘निश्चय पनि, राष्ट्रपतिले हामीले के गर्दैछौँ र त्यस समयमा घटनाक्रम कहाँ खडा हुनेछन् भन्नेबारे बताउनुहुनेछ।’ अमेरिका र दुई राष्ट्रबीचको सहकार्यलाई बढावा दिन बाइडेनले मे २०–२४ मा दक्षिण कोरिया र जापानको भ्रमणसमेत गर्ने ह्वाइटहाउसले बुधबार घोषणा गरेको छ।

टोकियोमा, राष्ट्रपति बाइडेनले अस्ट्रेलिया, जापान, भारत र संयुक्त राज्य अमेरिकाका क्वाड समूहका नेताहरूसँग पनि भेट गर्नेछन्। ‘हामी यस यात्राबारे छिट्टै थप विवरणहरू सार्वजनिक गर्न तत्पर छौँ,’ ह्वाइटहाउसले जनाएको छ।

गत वर्ष सेप्टेम्बरमा राष्ट्रपति बाइडेनले अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन जापानी प्रधानमन्त्री योशिहिदे सुगालाई ह्वाइटहाउसमा क्वाडको प्रत्यक्ष रूपमा आयोजित पहिलो शिखर सम्मेलनमा स्वागत गरेका थिए। रासस/एएनआई