१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १४ बुधबार
  • Saturday, 06 July, 2024
२o७९ बैशाख १४ बुधबार ११:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

रसुवामा एकजना कांग्रेस उम्मेदवारविरुद्ध दाबी–विरोधको उजुरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १४ बुधबार ११:१o:oo

स्थानीय तहको निर्वाचनमा रसुवामा एकजना उम्मेदवारविरुद्ध दाबी–विरोधको उजुरी परेको छ । जिल्लाको उत्तरगया गाउँपालिकाको वडा नम्बर ३ मा कांग्रेसबाट दलित महिला सदस्यकी उम्मेदवार सुनिता सुनुवारविरुद्ध उजुरी परेको उत्तरगया गाउँपालिकाको निर्वाचन अधिकृत मुना अधिकारीले जानकारी दिइन् ।

सुनुवारकी प्रतिस्पर्धी नेकपा एमालेकी दलित सदस्यले उजुरी गरेकी हुन् । उम्मेदवारी दर्ताको क्रममा सुनुवारले दलित भएको आधिकारिक पत्र नबुझाएको भन्दै उजुरी दिएको अधिकारीले बताइन् । प्राप्त दाबी–विरोधउपरको उजुरीमाथि छानबिन गरिने उनले बताइन् । 

उत्तरगया गाउँपालिका– ३ मा एकजना दलित महिला सदस्यका लागि नेकपा एमाले एकजना र कांग्रेसबाट एकजनाले उम्मेदवारी दिएका छन् । जिल्लाको अन्य स्थानीय तहमा भने कुनै पनि उम्मेदवारविरुद्ध दाबी–विरोध नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ । 

पाँचवटा गाउँपालिका रहेको रसुवामा २७ वटा वडा रहेका छन् भने जिल्लामा ३८ हजार पाँच सय ४५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ३४ वटा मतदान केन्द्र र ५१ वटा मतदानस्थल रहेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा एक सय ४५ जनाका लागि चार सय ९४ जनाको उम्मेदवारी परेको छ । 
 

ad
ad
ad
ad