१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १३ मंगलबार
  • Wednesday, 26 June, 2024
२o७९ बैशाख १३ मंगलबार o८:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

सल्यानमा मनोनयन दर्ता शान्तिपूर्ण, १,६०७ जनाले गराए मनोनयन दर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १३ मंगलबार o८:१४:oo

स्थानीय तह निर्वाचनका लागि सल्यानमा एक हजार ६ सय सातजनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार जिल्लाका १० वटा स्थानीय तहमा उक्त संख्यामा मनोनयन परेको हो । 

तीनवटा नगरपालिका र सातवटा गाउँपालिकामा चाहिने मेयर,  उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी चार सय ३५ जना जनप्रतिनिधिका लागि आवश्यकभन्दा करिब चार गुणा बढी उम्मेदवारी परेको निर्वाचन कार्यालय सल्यानका सूचना अधिरकारी तेजेन्द्र चन्दले जानकारी दिए ।

वैशाख १२ गते दोस्रो दिन अपराह्न ३ बजेपछि मात्रै दलहरू मनोनयन दर्ता गर्न आएकाले शारदा नगरपालिकामा रहेको मुख्य निर्वाचन कार्यालयमा खटिएका कर्मचारीले रातभरि मनोनयन दर्ताको काम गरे पनि अझै फाइनल डाटा बाहिर आउन नसकेको उनले बताए । 

जिल्लाको शारदा नगरपालिकामा दुई सय ८५, बागचौर नगरपालिकामा दुई सय ५६, बनगाड कुपिण्डे नगरपालिकामा दुई सय १२, दार्मा गाउँपालिकामा एक सय ३८, त्रिवेणी गाउँपालिकामा एक सय २२, सिद्धकुमाख गाउँपलिकामा ८१, छत्रेश्वरी गाउँपालिकामा एक सय ६५, कुमाख गाउँपालिकामा एक सय १७ जनाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, कालीमाटी गाउँपालिकामा एक सय ३२ र कपुरकोट गाउँपालिकामा एक सय एकजनाले मनोनयन दर्ता गराएको कार्यालयले जनाएको छ । उम्मेदवारी दर्ताका लागि दलहरू स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा  र्‍यालीसहित पुगेका थिए । 

ad
ad
ad
ad