मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ११ आइतबार
  • Thursday, 19 December, 2024
२o७९ बैशाख ११ आइतबार १६:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरका अग्रज र महिला पत्रकारलाई स्वास्थ्य परीक्षणमा ५० प्रतिशत छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ११ आइतबार १६:४८:oo

मकवानपुरका अग्रज र महिला पत्रकारले उपचारमा ५० प्रतिशत छुट पाउने भएका छन् । प्रेस सेन्टर मकवानपुरको पहलमा जिल्लाका अग्रज र महिला सञ्चारकर्मीहरूले चिकित्सक जाँच र प्रयोगशाला परीक्षणमा ५० प्रतिशत छुट पाउने भएका हुन् ।

प्रेस सेन्टरले सुविधा पाउन योग्य सञ्चारकर्मीहरूलाई शनिबार एक कार्यक्रमबीच परिचयपत्र वितरण गरेकाे छ । न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष संगीता खड्का, प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल, सेन्टरकी मकवानपुर अध्यक्ष अञ्जली थापाले पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टलाई स्वास्थ्य कार्ड वितरण गरे । कार्यक्रममा विष्टसहित, नवराज शर्मा, कमलचन्द्र सुमन, सुवर्णलाल श्रेष्ठ, रामकुमार एलनलगायत अग्रज र ४० महिला पत्रकारलाई स्वास्थ्य कार्ड वितरण गरिएको थियो । छुटका लागि सेन्टर र बागमती पोनिक्लिनिकबीच सम्झौता भएको हो ।

सेन्टरकी मकवानपुर अध्यक्ष अञ्जली थापाको आफ्नो ऊर्जाशील समय पत्रकारितामा बिताएका अग्रज तथा महिला पत्रकारहरूलाई स्वास्थ्य उपचारमा केही सहजता होस् भनेर स्वास्थ्य कार्ड कार्यक्रम ल्याइएको बताइन् । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सुनील खड्का, बागमती प्रदेशका उपाध्यक्ष सम्झना कार्की, महासचिव कृष्ण सारु मगर, मकवानपुर सचिव शुभलक्ष्मी विश्वकर्मा, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराज, प्रेस सेन्टर बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष नानीमैया विष्टलगायत मकवानपुरका सञ्चारकर्मी उपस्थित थिए ।