मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ बैशाख ५ सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका ब्रासिलिया
२o७९ बैशाख ५ सोमबार १५:३२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ब्राजिलमा कोरोना भाइरससम्बन्धी प्रतिबन्धात्मक व्यवस्था हटाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ब्रासिलिया
नयाँ पत्रिका
२o७९ बैशाख ५ सोमबार १५:३२:oo

ब्राजिलमा कोरोना भाइरससम्बन्धी प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएको छ। सरकारले यसअघि लागू गर्दै आएको सार्वजनिक स्वास्थ्य संकटकाल हटाउने निर्णय गरेको अधिकारीहरूले जानकारी दिएका छन्।

स्वास्थ्य मन्त्री मार्सेलो क्युरोगाले दुई वर्ष अगाडिदेखि लागू भइरहेको स्वास्थ्य संकटकाल हटाइएको स्पष्ट पारे। उनले भने, ‘हामीले इतिहासमै सबैभन्दा ठूलो खोप अभियान चलायौँ, धेरै मानिसले पूर्ण खोप लगाइसकेका छन्। त्यसैले हामीले प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएको हो।’

महामारीको असर अहिले कम हुँदै गएकाले पनि अब प्रतिबन्धात्मक व्यवस्थाको आवश्यकता र औचित्य नभएको उनको भनाइ छ। तर, दैनिक नयाँ संक्रमित र कोरोनाका कारण मृत्यु हुने क्रम भने नरोकिएको पनि उनले जानकारी दिए।

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ब्राजिलमा कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ। योसँगै अहिलेसम्म कुल मृतकको सङ्ख्या ६ लाख ६२ हजार ११ पुगेको छ। रासस/एएनआई