मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख ५ सोमबार
  • Wednesday, 09 July, 2025
२o७९ बैशाख ५ सोमबार १३:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखामा नक्कली सुन देखाई ठगी गर्ने एक गिरोह पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ५ सोमबार १३:४५:oo

गोरखामा विभिन्न समयमा नक्कली सुन देखाई ठगी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा संखुवासभा चिचिला गाउँपालिका– १ का ५२ वर्षीय जुर्णबहादुर गुरुङ, बारा जिल्ला जितपुर–सिमरा उपमहानगरपालिका– ९ की ४४ वर्षीया जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका– १ का ४१ वर्षीय गान्दिपकुमार बस्नेत रहेका डिएसपी लीलाराज लामिछानेले बताए।
 
डिएसपी लामिछानेका अनुसार गोरखा नगरपालिका– ६, घ्याम्पेसाल बसपार्कबाट शंकास्पद अवस्थामा शुक्रबार उनीहरूलाई पक्राउ गरिएको हो। सादा पोसाकमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट सुनजस्तो देखिने पहेँलो धातु फेला परेको डिएसपी लामिछानेले बताए। उनीहरूले फलामको टुक्रामा सुनजस्तो देखिने पहेँलो रंग लगाई महिलाहरूबाट नगद ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
 
डिएसपी लामिछानेका अनुसार गोरखामा हालसम्म पाँच पीडितले ठगी कसुर मुद्दामा जाहेरी दरखास्त दिएका छन्। उनीहरूबाट आठ तोला ६५ लालबराबरको सुनका गरगहना, एक थान मोबाइल र ३१ हजार नगद ठगी भएको लामिछानेले बताए।

पक्राउ परेका तीनैजनालाई आइतबार ठगी कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।