मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ४ आइतबार
  • Tuesday, 17 December, 2024
२o७९ बैशाख ४ आइतबार ११:२१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सडक सञ्जालसँग जोडियो जुम्लाको विकट ताम्ती गाउँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ४ आइतबार ११:२१:oo

विकासको मेरुदण्ड सडक नै हो । गाउँमा सडक पुगेपछि अरू विकासका ढोका खुल्छन् । गाउँमा सडक पुगेपछि अन्य विकास निर्माणका कामसँगै बिजुली पनि पुग्ने गर्दछ । ०७४ सालको स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि सडक विकासलाई प्राथमिकता दिएको पाइन्छ ।

जुम्लाको विकट क्षेत्रका रूपमा परिचित तातोपानी गाउँपालिकाको भेरीखोलाले सडक विकासमा तीव्रता लिएको छ। गाउँपालिका– ७ को ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको छ। ताम्ती नयाँ वर्षमा सडक सञ्जालमा जोडिएको हो।

जिल्लाकै दुर्गम गाउँ सडक सञ्जालमा जोडिएसँगै स्थानीय हर्षित भएका छन्। ‘सडक नहुँदा स्ट्रेचरमा बिरामी बोक्नुपर्ने बाध्यता थियो। कैयौँको बाटोमै ज्यान गयो, अब पिठ्युँमा भारी बोकेर मुटु फुट्ने उकालोमा यात्रा गर्नुपर्नेछैन,’ स्थानीय अर्जुन रावतले भने।

स्ट्रेचरमा सुत्केरी श्रीमती बोक्दा चारवटा बच्चा बाटोमै गुमाएका दुर्ग रावत भन्छन्, ‘गाउँमै मोटर हेर्ने ताम्तीवासीको चाहना नयाँ सालमा पूरा भएको छ। त्योभन्दा खुसीको कुरा अब कोही सुत्केरी आमा, बिरामी र शिशुहरूले ज्यान गुमाउने छैनन्।’

ताम्ती गाउँ भेरिखोलाको अन्न भण्डार भनेरसमेत चिनिन्छ। झन्डै तीन सय घरधुरी रहेको ताम्ती भेरीखोला क्षेत्रको सबैभन्दा ठूलो गाउँ पनि हो। सिमी, आलु, फापर, मकै, गहुँ, जौ प्रशस्त उत्पादन हुने ताम्तीका स्थानीयलाई अब कृषिजन्य उत्पादन बजारसम्म लैजान पनि सहज हुने अपेक्षा गरिएको स्थानीय वीरजित रावतले बताए। तातोपानी– ७ को वडा कार्यालय कँयरकोट हुँदै निगाली खोलाको भिड छिचोल्दै सडक गाउँसम्म पुर्‍याइएको होे। तातोपानी– ७ का चार गाउँमध्ये सर्मी र बारागाउँ यसअघि नै सडक सञ्जालसँग जोडिइसकेका छन्। छिमेकी गाउँ सुर्कीमा भने सडक ५० प्रतिशत बनेको छ।

पालिकाको क्रमागत योजनामार्फत ताम्तीमा सडक पुर्‍याइएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताए। ‘तातोपानीका झन्डै तीन दर्जन बस्तीमध्ये अब भेरीखोलाका सुर्की र थलाले गाउँ मात्रै सडकको पहुँचबाहिर छन्। यी दुई गाउँमा समेत बीचसम्म सडक बनिसकेको छ,’ अध्यक्ष न्यौपानेले भने।