१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३ शनिबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ३ शनिबार o८:२६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फा चुनाव : बी र सी डिभिजनका प्रतिनिधि छनोट 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ३ शनिबार o८:२६:oo

एन्फा निर्वाचनमा बी डिभिजनबाट ११ र सी डिभिजनबाट नौ क्लबले मताधिकार पाउने व्यवस्था छ

आसन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि शुक्रबार बी र सी डिभिजनबाट निर्वाचन सहभागी हुने क्लब छनोट भएका छन् । सहिद स्मारक बी डिभिजनबाट निर्वाचनमा ११ क्लबले मताधिकार पाएका छन् । । एन्फाको निर्वाचन ६ असारका लागि तय भएको छ । एन्फा कम्प्लेक्समा भएको निर्वाचनमार्फत ११ क्लबले आसन्न निर्वाचनका लागि मताधिकार प्राप्त गरेका हुन् ।  

प्रतिनिधि छनोट निर्वाचनमा बी डिभिजनमा १४ क्लब सहभागी थिए । बी डिभिजनबाट श्री भगवती, आरसिटी, मध्यपुर युथ, टुसाल युथ, नयाँबस्ती, खुमलटार, बाँसबारी, सरस्वती युथ क्लब, श्रीकुमारी, ब्वाइज युनियन, चर्च ब्वाइज चुनिएका छन् ।  सामाजिक युथ, झम्सिखेल र वीरगन्ज क्लबले मताधिकार प्राप्त गर्न सकेनन् । गत साता ए डिभिजनमा बढुवा भएको खुमलटारले निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेको थियो । खुमलटारले सर्वाधिक १४ मत हात पा¥यो । श्री भगवतीले १३ मत पायो । रानीपोखरी कर्नर टिम (आरसीटी), मध्यपुर, टुसाल, नयाँ बस्ती, सरस्वती, श्रीकुमारी र ब्रिगेड ब्वाइजले समान १० मत प्राप्त गरे । 

बाँसबारीले सात र चर्च ब्वाइजले ६ मतसहित मताधिकार गरेका थिए । निर्वाचनमा जान नसकेका क्लबहरू सामाजिकले चार, झम्सिखेलले पाँच र वीरगन्जले सबैभन्दा कम दुई मत पाएका छन् । यसअघि एन्फा निर्वाचनमा मताधिकार पाउने सी डिभिजन लिग क्लबको टुंगो लागेको थियो छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा शुक्रबार प्रतिनिधि छनोट भएको छ । प्रतिनिधि छनोटबाट नौ क्लबले निर्वाचनमा मताधिकार पाएका छन् । सी डिभिजन खेल्ने १४ मध्ये नौ क्लबले मताधिकार पाउने व्यवस्था छ 

यसपटकको अध्यक्षका प्रत्याशी पंकजविक्रम नेम्वाङनिकट आठ क्लब र वर्तमान एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पानिकट एक क्लबले मताधिकार पाएका छन् । सी डिभिजनबाट पुल्चोक स्पोर्टस्, समाज कल्याण, खालीबारी युथ, मनोहरा युथ, प्लानिङ ब्वाइज युनाइटेड, स्वयम्भू, आरसी ३२ फुटबल एकेडेमी, महावीर स्टडिज एन्ड एसोसिएसन र वीरगन्ज युथ एकेडेमीले मताधिकार पाएका छन् ।

समाज कल्याण शेर्पानिकट मानिएको छ । बाँकी आठ क्लब नेम्वाङनजिकका हुन् । समाज कल्याण क्लबले गोलाप्रथाबाट मताधिकार पाएको हो । झापा फुटबलसँग समान सात भोटको बराबरी भएपछि गोलाप्रथामा समाज भाग्यामानी ठहरियो । निर्वाचनमा ओसिस, सानेपा फुटबल, रानीवन र साँगाले निर्वाचनमा मताधिकार पाएनन् । दुई महिनापछि हुने अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनका लागि सी डिभिजन क्लबले प्रतिनिधि चयन गरेका छन् । १४ सी डिभिजन क्लबबाट नौ क्लबले मताधिकार पाउने व्यवस्था छ ।

मनोहरा एकीकृतले सर्वाधिक १४ मत प्राप्त गरेको थियो । वीरगन्ज युथ, प्लानिङ ब्वाइज युनाइटेड, महावीर स्टडिज एन्ड एसोसिएसन, आरसी ३२ फुटबल एकेडेमीले समान नौ मत प्राप्त गरेका थिए । 

यसैगरी, खालीबारी युवा, पुल्चोक स्पोर्टस् र स्वयम्भू क्लबले समान आठ मत प्राप्त गरेका थिए ।गोलाप्रथामा सामाजिक कल्याण खेलकुद केन्द्रले पनि मताधिकार प्राप्त गरेको छ । स्पोर्टस् एकेडेमी साँगा, सानेपा, रानीवन स्पोर्टस्ले समान ६ मत पाए । सबैभन्दा कम ओसिस क्लबले पाँच मत पाएको थियो । एन्फा केन्द्रीय समितिमै भएका व्यक्ति सी डिभिजन क्लबको प्रतिनिधिका रूपमा सीको भेलामा उपस्थित भएपछि यसअघिका लागि तय भएको निर्वाचन स्थगित भएको थियो ।

गत साता सी डिभिजनको प्रतिनिधि छनोटमा विवाद भएको थियो, जसमा नेम्वाङ पक्षका पदाधिकारीले तोडफोड गरेका थिए । त्यसपछि शुक्रबारका लागि प्रतिनिधि छनोट भएको हो ।