मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १ बिहीबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १ बिहीबार o८:४५:oo
Read Time : > 1 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

आसन्न चुनावका लागि विप्लवको दौडधुप सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १ बिहीबार o८:४५:oo

आसन्न स्थानीय निर्वाचनमा भाग लिने वातावरणका लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र सिके राउत नेतृत्वको जनमत पार्टीका नेताहरूले दौडधुप बढाएका छन् । नेकपाका महासचिव विप्लवसहितका नेताले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग तथा जनमत पार्टीका महासचिव चन्दन सिंहले गृहमन्त्री गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेर पूर्ववत् सहमतिअनुसार आफ्ना पार्टीका नेता–कार्यकर्ताको रिहाइको माग गरेका छन् । 

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भएको भेटवार्तामा सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयन र स्थानीय तह निर्वाचनबारे छलफल भएको छ । प्रधानमन्त्री देउवासँगको भेटमा नेकपा महासचिव विप्लवले नेकपाका नेताहरूले कार्यकर्ता रिहाइ र मुद्दा फिर्तालाई छिटो टुंगोमा पुर्‍याउन आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले नेकपासँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकार गम्भीर रहेको बताएका थिए । भेटमा सरकारका तर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाण, प्रमुख सत्तारूढ दल कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, तथा नेकपाका तर्फबाट महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए ।

नेकपा र तत्कालीन सरकारबीच ०७७ फागुन २० गते तीनबुँदे सहमति भएको थियो । सहमतिमा दुवै पक्षले राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने, नेकपाले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने र कारागारमा रहेका नेकपाका नेता–कार्यकर्ता रिहाइ र मुद्दा खारेज गर्ने सहमति भएको थियो । त्यसैबीच, गृहमन्त्री खाण र जनमत पार्टीका महासचिव सिंहबीच फागुन ०७५ मा सरकार र तत्कालीन राउत समूहबीच भएको ११ बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री खाणले स्थानीय तह निर्वाचनमा सहभागी हुने जनमत पार्टीको निर्णय स्वागतयोग्य रहेको बताएका थिए । सिंहले भने सहमति कार्यान्वयनका लागि आग्रह गरेका थिए । 

गृहमन्त्री खाण र महासचिव सिंहबीच भेटवार्ता
गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका महासचिव चन्दन सिंहबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा बुधबार भएको भेटमा ०७५ फागुनमा सरकार र तत्कालीन सिके राउत समूहबीच भएको ११ बुँदे सहमति कार्यान्वयनका विषयमा भेटवार्ता भएको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए । 

भेटमा गृहमन्त्री खाणले जनमत पार्टी शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि अगाडि बढाउँदै आएकामा खुसी व्यक्त गरे । साथै, उनले स्थानीय तह निर्वाचनमा सहभागी हुने जनमत पार्टीको निर्णय स्वागतयोग्य रहेको बताए ।