मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७८ चैत २५ शुक्रबार २१:४२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बालक अपहरण गरी हत्या गर्ने ७ जना पक्राउ

Read Time : > 1 मिनेट
२०७८ चैत २५ शुक्रबार २१:४२:००

जिल्ला प्रहरी कार्यालय सर्लाहीले बालक अपहरण गरी बन्धक बनाई कर्तव्य गरी मारेको घटनामा संलग्न सातजना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । यही चैत २० गते राति जिल्लाको मलंगवा नगरपालिका–१२ गम्हरियाका दीपेन्द्र ठाकुरका छोरा अन्दाजी ८ वर्षका आकाश ठाकुरलाई अपहरण गरी बन्धक बनाई कर्तव्य गरी मारेको घटनामा संलग्न रहेका सातजना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभिन पोख्रेलले जानकारी दिए । 

आफ्नै घरबाट हराएका बालकको खोजी गर्ने क्रममा छिमेकीको शौचालयको सेफ्टी ट्यांकीभित्र प्लास्टिकको बोरामा शव फेला परेपछि अनुसन्धान गरेको सर्लाही प्रहरीले फेसबुक म्यासेन्जरबाट आकाशका आफन्तसँग रु १५ लाख फिरौती माग गरेको खुल्न आएकोले सो कार्यमा संग्लग्न रहेका सातजनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसन्धानबाट ती सातैजनाको संलग्नता रहेको खुलेपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरूले आकाशलाई छिमेकी जगदीश बडहीको घरको माथिल्लो तल्लामा लगी कर्तव्य गरी मारी शव प्लास्टिकको बोराभित्र राखी बडहीको घरको शौचालयको सेफ्टी ट्यांकीभित्र हाली लुकाएको स्वीकार गरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । 

मलंगवा नगरपालिका–१२ गम्हरियाका ६० वर्षीय जगदीश बडही, २१ वर्षीय कृष्ण ठाकुर, कृष्ण ठाकुरकीे श्रीमती अन्दाजी १८ वर्षीय निरुता शर्मा, २५ वर्षीया संगीता बडही, सुनील ठाकुर, ५० वर्षीय नेवा ठाकुर र मलङ्गवा नगरपालिका–११ का ३१ वर्षीय राकेश ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । 

शव परीक्षणपश्चात मृतक आकाशको शव उनका आफन्तले बुझेका छन् । पक्राउ परेका सातैजनालाई अपहरण तथा शरीर बन्धक बनाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।