१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २५ शुक्रबार
  • Sunday, 29 September, 2024
२o७८ चैत २५ शुक्रबार १९:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई मन्त्री र एक राज्यमन्त्रीसहित सुदूरपश्चिम सरकारमा कांग्रेसको इन्ट्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २५ शुक्रबार १९:३१:oo

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । दुई मन्त्री र एक राज्यमन्त्रीसहित कांग्रेस सरकारमा सहभागी हुन लागेको हो । कांग्रेसको सहभागिताका लागि नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई फिर्ता बोलाउन लागिएको छ ।

कांग्रेसबाट आन्तरिक मामिलामन्त्री डा. रणबहादुर रावल, सामाजिक विकासमन्त्री गोविन्द बोहाेरा र सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका नियुक्त हुन लागेको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ । यी मन्त्रालयबाट समाजवादीका मन्त्री फिर्ता हुँदै छन् । आजै रातिबाट निर्वाचन आचारसंहिता लाग्ने भएपछि हतारहतारमा मन्त्रिमण्डल पुनर्गठन गर्न लागिएको हो । केहीबेरमा शपथग्रहण हुँदै छ ।

यस्तै समाजवादीले आर्थिक मामिलामन्त्री तारा लामा तामाङलाई फिर्ता बोलाएर उनको ठाउँमा प्रकाश रावललाई पठाउने तयारी गरेको बताइएको छ । यद्यपि समाजवादीले यसबारे औपचारिक जानकारी सार्वजनिक भइसकेको छैन ।