मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २४ बिहीबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २४ बिहीबार १४:२८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल टेलिकमको खुद नाफा सात अर्ब ३३ करोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २४ बिहीबार १४:२८:oo

नेपाल टेलिकमले सात अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ। बिहीबार काठमाडौंमा आयोजित टेलिकमको १४औँ वार्षिक साधारणसभामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. वैकुण्ठ अर्यालले कम्पनीले सात अर्ब ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको जानकारी दिए।

कोभिड– १९ का कारण यसको राजस्वमा भने केही कमी आएको उनले स्पष्ट पारे। अध्यक्ष अर्यालले भने, ‘अन्तर्राष्ट्रिय तथा अन्तरदेशीय आबद्धता सेवाबाट पाँच अर्ब ८० करोड, वायरलेस सेवाबाट तीन अर्ब ३३ करोड अन्य विभिन्न कार्यक्रमबाट गरी कुल राजस्व र खुद नाफा क्रमशः ४२ अर्ब २१ करोड र सात अर्ब १३ करोड कायम गर्न कम्पनी सफल भएको छ। कोभिड– १९ को कारणले भ्वाइस तथा अन्तरदेशीय सेवामा कमी आएको र विभिन्न प्रकारका अफरहरूले सस्तोमा सेवा उपलब्ध गराउँदा राजस्वमा कमी देखिएको छ।’

टेलिकमले सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर उपलब्ध पनि गराउने भएको छ। सेयरधनीहरूको मनोबललाई उच्च बनाउन बोनस सेयर २० प्रतिशत उपलब्ध गराउन लागिएको नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष अर्यालको भनाइ छ।