१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २४ बिहीबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २४ बिहीबार १३:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कानुनमन्त्रीमा गोविन्द काेइराला नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २४ बिहीबार १३:४२:oo

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा गोविन्दप्रसाद शर्मा (कोइराला) नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकाे राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

संविधानको धारा ७८ को व्यवस्थाअनुसार सांसद नरहेका अधिवक्ता कोइराला मन्त्रीमा नियुक्त भएका हुन्। तर, यसरी नियुक्त भएको व्यक्तिले शपथग्रहण गरेको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्ने व्यवस्था रहेको छ।