१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २४ बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका विराटनगर
२o७८ चैत २४ बिहीबार o६:४४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मेयर कप टी–२०  वीरगन्ज र जनकपुर विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o७८ चैत २४ बिहीबार o६:४४:oo

प्रथम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता बुधबार वीरगन्ज र जनकपुरधाम महानगरपालिका विजयी भएका छन् । झापा वैजनाथपुरको खेल मैदानमा वीरगन्जले मेची नगरपालिकालाई आठ रनले पराजित गर्‍यो । लगातार दुई खेलमा पराजित मेची प्रतियोगिताबाट बाहिरिएको छ । समूह बीको पहिलो खेलमा झापा आयोजक विराटनगरसँग ३६ रनले पराजित भएको थियो । यस समूहबाट वीरगन्जसँगै आयोजक विराटनगर पनि सेमिफाइनलमा प्रवेश गरेका छन् । 

पहिलो ब्याटिङ गरेको वीरगन्जले २० ओभरमा नौ विकेट गुमाई एक सय २८ रनको योगफल खडा गर्‍यो । वीरगन्जका लागि हसिम अन्सारीले सर्वाधिक ३७ रन बनाए । साहिल पटेलले १४ बलमा ३२ रन जोडे । उनले समान दुई चौका र छक्का प्रहार गरे । मेचीका अंकित सुवेदीले तीन विकेट र विशाल आर्चायले २ विकेट लिए । मेची नगरपालिकाले २० ओभरमा तीन विकेटको क्षतिमा एक सय २० रन जोड्यो । मेची नगरपालिकाका लागि सुवाङर उराँव अविजित ४५ रन जोडे । अंकित सुवेदीले ३३ रन र अनिल लामिछानेले अविजित २६ रन बनाए । वीरगन्जका म्यान अफ दी म्याच हसिम अन्सारी ४ ओभरमा १४ रन दिएर तीन विकेट लिए ।

अर्को खेलमा जनकपुरले सुनसरीको इनरुवालाई सात विकेटले पराजित गरेको छ । जनकपुर एक खेलअगाडि नै सेमिफाइनलमा पुगेको छ । लगातार दुई खेलमा पराजित भएसँगै इनरुवा प्रतियोगिताबाट बाहिरिएको छ । समूह एबाट जनकपुरसँगै राजविराज पनि अन्तिम चारमा पुगेको छ । 

इनरुवाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ११ रनको बनाएको थियोे । इनरुवाका लागि विवेक मेहताले ४७ रन र रविन मण्डल २५ रन बनाए । जनकपुरले १८.३ ओभरमा तीन विकेट गुमाएर जित निकाल्यो । जनकपुरका हिमांसु दत्तले ४२ रन, हरिशंकर साहले ३३ रन र अकबर अलि २० रनको योगदान दिए । बिहीबारको पहिलो खेल जनकपुर र राजविराजबीच हुनेछ । दोस्रो खेलमा आयोजक विराटनगरले वीरगन्जको सामना गर्ने आयोजकले जनाएको छ ।