१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

गाँजाखेतीलाई वैधानिकता दिन माग गर्दै सचेतना मेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:५९:oo

गाँजाखेतीलाई वैधानिकता दिन माग गर्दै धनकुटाको सहिदभूमि गाउँपालिकामा तीनदिने गाँजा सचेतना मेला सुरु भएको छ । भोजपुर, उदयपुर र धनकुटाका अभियन्ताको संयुक्त आयोजनामा सहिदभूमि गाउँपालिका– २ को अखुवाटारमा गाँजा मेला आयोजना गरिएको हो । मेलामा नेपालका विभिन्न संस्थाका गाँजा अभियन्ताले ऐक्यबद्धता जनाउँदै गाँजाखेतीलाई वैधानिकता दिन माग गरेका छन् ।

गाँजा वैधानिक अभियन्ता संस्थाका केन्द्रीय सल्लाहकार राजीव काफ्ले तथा स्थानीय पालिकाका प्रमुखहरूले गाँजाको बिरुवामा पानी हालेर मेलाको उद्घाटन गरेका थिए । हाल संयुक्त राष्ट्रसंघले समेत गाँजामा ९८ प्रतिशतभन्दा बढी औषधीय गुण भएको भन्दै गाँजालाई लागुऔषधबाट हटाएकाले यसलाई नेपालमा पनि वैधानिक दिनुपर्ने अभियान्ताहरूले माग गरेका छन् ।

विश्वका २३ भन्दा बढी देशमा उत्पादन हुने गाँजामध्ये नेपालको गाँजा सबैभन्दा राम्रो भएकाले यसको मूल्य भारतमा प्रतिकेजी आठ लाख र युरोपमा २५ लाखसम्म रहेकाले नेपालका लागि गाँजा प्रमुख आयस्रोत हुने अभियन्ताहरूको दाबी छ । विश्व हिन्दू महासंघका अध्यक्ष ऋषिकेशजंग शाह, गाँजा वैधानिक अभियन्ता जोसेफ मदन कोइराला, सहिदभूमि गाउँपालिकाका अध्यक्ष, हतुवागढी गाउँपालिकाका अध्यक्षलगायत स्थानीय किसानले गाँजालाई वैधानिकता दिन माग गरेका थिए । 

ad
ad