मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २१ सोमबार
  • Thursday, 19 December, 2024
२o७८ चैत २१ सोमबार १२:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चितवनका सबै स्थानीय तहमा तालमेल गर्ने गठबन्धन दलको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २१ सोमबार १२:२७:oo

सत्तागठबन्धनले चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ। सोमबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राजमोका जिल्ला नेताबीच तालमेलको सहमति भएको हो।

चितवन कांग्रेसका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले सातवटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत तालमेल गर्ने निर्णय गरेको हो। यस्तै, केन्द्रीय परिपत्रअनुसार दलगत वस्तुस्थितिबारे प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट एक–एकजना प्रतिनिधि रहने गरी कार्यदल बनाउने भएका छन्।

गठबन्धन दलबीच संयुक्त संयन्त्र निर्माण गरेर छलफललाई अगाडि बढाउने र त्यसको संयोजन नेपाली कांग्रेसका पालिका सभापतिले गर्ने दलहरूबीच सहमतिपछि जारी विज्ञप्तिमा उल्लेख छ। ‘गठबन्धनमा सहमागी दलहरूबीच गठबन्धनको मर्म र भावनाअनुरूप एक–आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रूपमा आसन्त स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरियो,’ विज्ञप्तिमा भनिएको छ।

बैठकमा चितवन कांग्रेसका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, जनता समाजवादी पार्टीका अध्यक्ष प्रेम भुजेल, एकीकृत समाजवादीका इन्चार्ज कृष्णप्रसाद खनाल र राजमोका अध्यक्ष डम्बर पुरी सहभागी थिए।