न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार संगीता खड्का नियुक्त भएकी छिन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । खड्का नेपाल पत्रकार महासंघकी पूर्वसचिवसमेत हुन् ।
त्यस्तै, बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरीलाई नियुक्त गरेको छ । ऐरी कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।