मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १५ मंगलबार
  • Thursday, 19 December, 2024
हदिश खुद्दार जनकपुरधाम
२o७८ चैत १५ मंगलबार १९:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनकपुर प्रादेशिक अस्पताललाई नमुना बनाउने प्रयास

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७८ चैत १५ मंगलबार १९:५३:oo

केही वर्षअघिसम्म रेफर अस्पताल भनेर चिनिने प्रादेशिक अस्पताल जनकपुर अहिले मधेस प्रदेशकै नमुना अस्पतालमा रूपमा पहिचान बनाएको छ । मधेस सरकारमातहत आएसँगै प्रादेशिक अस्पताल जनकपुरमा हुने क्रमिक सुधारले अस्पताल मधेस प्रदेशमै नमुना अस्पतालको रूपमा सर्वसाधारणले लिन थालेका छन् । 

विशेषज्ञ चिकित्सक, बेडको चरम अभाव तथा कर्मचारीको उचित व्यवस्थापन नहुँदा अस्पतालले दिने सेवा लथालिङ बनेको थियो । तर, मधेस प्रदेशमातहत आएसँगै अस्पतालले दिने सेवामा व्यापक सुधार आएको छ । प्रदेश सरकारले अस्पताललाई ५ सय बेडको बनाउने निर्णय गरे पनि अहिले ४ सय बेडबाट सेवा प्रवाह भइरहेको छ । 

प्रादेशिक अस्पताल प्रदेश सरकारमातहत आएपछि अस्पतालले आफ्ना सेवामा पनि विस्तार गरेको छ । दैनिक दुईदेखि अढाई सयसम्म बिरामी आउने प्रादेशिक अस्पतालमा अहिले साढे ६ सयसम्म दैनिक बिरामी आउने गरेको अस्पतालले जनाएको छ । 

प्रादेशिक अस्पताल जनकपुरका निवर्तमान मेसु डा. प्रमोद यादवले कार्यकालमा अस्पतालले करिब एक दर्जन थप सेवा विस्तार भएको थियो । क्यान्सर ओपिडी सेवा सुरु, एनआइसी, आँखा विभाग, न्युरो सर्जरी, युरोलोजी, नेट्रोलोजीलगायतका सेवा विस्तार भएको छ । 

समयमा अस्पताल नआउने कर्मचारीको प्रवृत्तिलाई निरुसाहित गर्न अस्पतालमा डिजिटल हाजिर गर्नुपर्ने प्रावधान गरिएको यादवले बताए। 
सेवालाई चुस्तदुस्त बनाउन टोकन सिस्टम र माइकिङलगायतका व्यवस्था गरिएको छ । 

आकस्मिक सेवा र गम्भीर प्रकृतिको शल्यक्रिया सेवालाई पनि प्रभावकारी बनाइएको, सीमित समयमा सञ्चालन हुने ल्याब सेवालाई २४सै घण्टा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ। 

अस्पतालमा अक्सिजन प्लान्ट पनि जडान गरिएको छ। निकट भविष्यमा एमआरआई मेसिन, क्याथ ल्याबलगायत सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए ।