१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १५ मंगलबार
  • Wednesday, 26 June, 2024
२o७८ चैत १५ मंगलबार o९:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सल्यानमा प्रहरी जवान मृत फेला  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १५ मंगलबार o९:o१:oo

सल्यानमा एक प्रहरी जवान मृत अवस्थामा फेलापरेका छन्। इलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत प्रहरी जवान पवन केसी मृत फेलापरेका हुन्। इलाका प्रहरी कार्यालय श्रीनगरको कार्यालयनजिकै भगवती खोला जाने नालामा पोसाक लगाएकै अवस्थामा केसीको शव भेटिएको हो। 

गएराति १० बजेदेखि २ बजेसम्म इलाका प्रहरी कार्यालय श्रीनगरको मेनगेटमा ड्युटीमा रहेका केसी मंगलबार बिहान मृत अवस्थामा फेलापरेको प्रहरीले बताएको छ।

घटनाको कारण नखुले पनि ३० मिटर छाँगाेबाट खसेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। बिहान स्थानीय एक महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्। मृतक प्रहरी जवान केसी रुकुम पश्चिमको मुसिकोट– १३ छिवाङका हुन्।

घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । अहिले घटनास्थलमा सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्का पुगेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
 

ad
ad
ad
ad