१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २० बिहीबार १३:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

श्रीसिया नदी र वीरगन्ज प्रदूषणमुक्त बनाउन माग गर्दै महानगर कार्यालयमा अभियानकर्मीको धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:o३:oo

श्रीसिया नदी एवं वीरगन्ज प्रदूषणमुक्त अभियान पर्साले वीरगन्ज महानगरपालिका कार्यालयअघि धर्ना दिएको छ। सोमबार बिहान १२ बजेदेखि श्रीसिया नदी प्रदूषण र अतिक्रमणमुक्त गरौँ, वीरगन्ज प्रदूषणमुक्त गरौँ भन्दै अभियानले धर्ना दिएको हो।

अभियानका संयोजक सुरेन्द्रप्रसाद कुर्मीको अगुवाइमा महानगरपालिकालाई दबाबस्वरूप धर्ना दिइएको अभियन्ताहरूले बताएका छन्। आजकै दिनदेखि वीरगन्जलाई प्रदूषणमुक्त बनाउन अगाडि नबढे भविष्यमा समस्या हुने बताउँदै विभिन्न कार्यक्रममार्फत दबाब दिइएको संयोजक कुर्मीले बताए। उनले उद्योगबाट निस्कने फोहोर पानी बन्द गरे सबै फोहोर बिस्तारै कम हुँदै जाने बताए।

वीरगन्जसँग जोडिएको श्रीसिया नदीसहित सम्पूर्ण नालाको फोहोर पानी प्रशोधन गरेर नदीमा फाल्ने व्यवस्था गर्न अभियानकर्मीहरूले माग गरेका छन्। छाला र मासु उद्योगको जीवावशेष र रसायनयुक्त पानी नदीमा फाल्ने कार्य बन्द गर्नुपर्ने उनीहरूको माग छ।

ad
ad