१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १३ आइतबार
  • Monday, 01 July, 2024
२o७८ चैत १३ आइतबार ११:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

एक साताकाे फरकमा दुई पाटेबाघ मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १३ आइतबार ११:१८:oo

एक–आपसमा लड्दा मृत्यु भएको अनुमान

बर्दियामा एक साताकाे फरकमा दुईवटा पाटेबाघ मृत अवस्थामा फेला परेका छन् । मधुवन नगरपालिका- ६ स्थित कालिका सामुदायिक वन र ग्रामीण महिला सामुदायिक वनको सिमानामा रहेको खोलामा शनिबार पाटेबाघ मृत अवस्थामा फेला परेको छ भने यसअघि गत सोमबार मधुवन नगरपालिका– २ मा रहेको जनजागृति सामुदायिक वनमा पनि पाटेबाघ मृत फेला परेको थियो।

शनिबार मृत फेला परेको बाघकाे शरीरमा चोट लागेको छ । बाघ खोलाको छेउमा मृत अवस्थामा फेला परेको जिल्ला वन कार्यालयले जनाएको छ । करिब सात वर्ष उमेरको बाघ तीन दिनअघि मरेको हुन सक्ने अनुमान गरिएको छ ।

लडाइँका कारण बाघको मृत्यु भएको अनुमान

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीका अनुसार लडाइँका कारण बाघको मृत्यु भएको अनुमान गरिएको छ । उनका अनुसार मृत बाघको शरीरमा चोट लागेको, पञ्जाले चिथोरेको, टोकेको घाउ छ । वरिपरिको झाडी माडिएको अवस्थामा रहेकाले दुई बाघको भिडन्तबाट मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको प्रमुख विडारीले बताए ।

अर्को बाघ पनि घाइते हुन सक्ने अनुमान गरिएको छ । घाइते बाघको कारण स्थानीयवासीलाई खतरा हुन सक्ने हुँदा सामुदायिक वनका उपभोक्ता र स्थानीयवासीलाई सजग हुन आग्रह गरिएको प्रमुख विडारीले बताए । गत सोमबार मृत अवस्थामा फेला परेको बाघ पनि बुढो रहेको र वयस्क बाघसँग लड्ने क्रममा मृत्यु भएको हुन सक्ने अनुमान गरिएको थियो । 

ad
ad
ad
ad