१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ चैत १३ आइतबार १०:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसद साहमाथि भएको आक्रमणबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ चैत १३ आइतबार १०:१३:००

गृहमन्त्री बालकृष्ण खाणले सर्लाहीको ईश्वरापुर नगरपालिका– ६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको सांघातिक आक्रमणको छानबिन गरिने बताएका छन् ।  

शनिबार आक्रमणमा परी घाइते भएका साहलाई काठमाडौंको मेडिसिटी अस्पतालमा भेट गरेपछि गृहमन्त्री खाणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।  

गृहमन्त्री खाणले सांसद साहको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। पार्टी कामको सिलसिलामा गृहजिल्ला सर्लाही पुगेका सांसद साहको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको छ । गृहमन्त्री खाणले घटनाको यथार्थ पत्ता लगाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन् ।