१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ९ बुधबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ९ बुधबार १२:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संकटमा मुलुकलाई नेतृत्व गर्न सक्ने पार्टी कांग्रेस मात्रै हो : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ९ बुधबार १२:o३:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संकटमा मुलुकलाई नेतृत्व  प्रदान गर्न सक्ने पार्टी कांग्रेस मात्रै भएको बताएका छन्।  शंखमूलमा आयोजित चुनावी अभियानमा उनले ठूला राजनीतिक परिवर्तनको नेतृत्व पनि कांग्रेसले गरेको र अस्थिरताबाट निकास र जनताले चाहेको विकास कांग्रेसले नै दिएको बताएका हुन्। 

उनले देशलाई संकट पर्दा काम गर्न नसक्ने महत्त्वपूर्ण निर्णय लिनुपर्ने वेला ढुलमुले कुरा गर्ने अनि कान्तिकारी भाषण दिएर अब जनताले नपत्याउने भन्दै जनताले देश हित गर्ने पार्टी र ढुलमुले पार्टी कुन हो छुट्याउने वेला आएको बताए। 

कांग्रेसले मुलुकको राजनीतिक र सामाजिक–आर्थिक रूपान्तरणका लागि निकै महत्त्वपूर्ण भूमिका खेले भन्दै कामै नगरेका दलहरूले दिएको सपनाको पछि नलाग्न अपिल गर्दै अरू पार्टी काम कम र  प्रचार धेरै गर्ने भएकाले अब कांग्रेस नेता–कार्यकर्ताहरूले कांग्रेसको अगुवाइमा भएका कामको जनतासामु प्रचारप्रसार गर्नुपर्ने बताए। 

 

ad
ad
ad
ad