मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ८ मंगलबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ८ मंगलबार १६:३४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक १६ अंकले वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ८ मंगलबार १६:३४:oo

सेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ। मंगलबार नेप्से १६.०४ अंकले बढेर दुई हजार ६ सय ५०.७० बिन्दुमा पुगेको छ। आज सेन्सेटिभ इन्डेक्स पनि ३.०३ अंकले बढेको छ।

मंगलबार कारोबारमा आएका दुई सय ३५ कम्पनीको ५३ लाख २९ हजार नाै सय ९३  कित्ता सेयर दुई अर्ब ५१ करोड ८८ लाख ९४ हजार एक सय ७८ रुपैयाँमा कारोबार भएको छ। सोमबारको तुलनामा मंगलबार कारोबार रकममा भने सामान्य गिरावट आएको छ। सोमबार दुई अर्ब ५९ करोड २७ लाख १८ हजार एक सय ३१ रुपैयाँबराबरको कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये आज १० वटा उपसमूहको सूचकमा वृद्धि भएको छ भने बाँकी तीन उपसमूहको सूचकमा गिरावट आएको छ। मंगलबारको कारोबारमा इमर्जिङ नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

त्यस्तै, राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य ६ प्रतिशतले बढेको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबार रकमका आधारमा १० करोडभन्दा बढीको सेयर खरिद–बिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ।