१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ८ मंगलबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ८ मंगलबार १५:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ८ मंगलबार १५:२o:oo

सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनको आचारसंहिताविरुद्धको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आचारसंहिताको प्रावधान कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफलका लागि बोलाउने आदेश गरेको हो। 

आचारसंहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सोमबार रिट दर्ता गराएका थिए। आयोगले तयार पारेको आचारसंहितामा पुनः उम्मेदवार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने प्रावधान राखिएको थियो।

निवेदनमा जनप्रतिनिधिले चुनावअगावै राजीनामा दिँदा स्थानीय तह रिक्त हुने भएकाले सो प्रावधान हटाउन अन्तरिम आदेश माग गरिएको छ। रिटमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ।

निवेदकले अन्तरिम आदेश जारी गरिपाऊँ  भनी माग गरेको सम्बन्धमा विचार गर्दा दुवै पक्षको छलफलपश्चात् निर्णयमा पुग्दा मनासिब हुने देखिएकाले मिति चैत १३ मा अन्तरिम आदेश छलफलको पेसी तोकी सो छलफलमा उपस्थित हुनु भनी विपक्षीलाई सूचना दिनू,’ आदेशमा भनिएको छ, ‘दुवै पक्षसँगको छलफलबाट अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा निर्णय नहुँदासम्म सुविधा र सन्तुलन तथा विषयवस्तुको गम्भीरताको दृष्टिबाट निवेदकले माग गरेबमोजिम निर्वाचन आचारसंहिताको दफा ३६ कार्यान्त्रयन नगर्नू, नगराउनू भनी अल्पकालिी अन्तरिम आदेश जारी गरिदिएको छ।’

 

ad
ad
ad
ad