१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ८ मंगलबार
  • Tuesday, 01 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ८ मंगलबार o९:o८:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

नेपालमा लक्षित जनसंख्याको १० प्रतिशतमा खोप लगाउन बाँकी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ८ मंगलबार o९:o८:oo

६४ प्रतिशतले कोभिडविरुद्धको पूर्ण र ७५ प्रतिशतले पहिलो मात्रा खोप लगाए

नेपालमा देशभर कुल जनसंख्याको ६४.२ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हालसम्म कुल जनसंख्याको ७५ प्रतिशतमा खोपको एक मात्रा प्रयोग भएको छ । सरकारले यो वर्षको अन्तिमसम्म लक्षित जनसंख्यामा खोप लगाइसक्ने लक्ष्य लिए पनि लक्षित जनसंख्याको लगभग १० प्रतिशतमा खोप लगाउन बाँकी छ । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार १८ वर्षभन्दा माथि उमेर समूहमा ९२.९ प्रतिशतले कम्तीमा एक मात्रा, १२ देखि १८ वर्ष उमेरमा ९१ प्रतिशत जनसंख्या खोपको पहुँचमा छ । यसबाहेक १८ वर्षभन्दा माथि उमेर समूहमा ८१.४ प्रतिशत र १२ वर्षभन्दा माथि उमेर समूहमा ६८ प्रतिशतमा खोपको पूर्ण मात्रा लगाएका छन् ।

खोप अभियान सुरु भएयता हालसम्म तीन करोड ९३ लाख १७ हजार दुई सय ७५ डोज खोप प्रयोगमा आएको छ । जसमध्ये पहिलो मात्राको खोपका लागि एक करोड ८७ लाख ६ सय १३ डोज र दोस्रो डोजका लागि एक करोड ८७ लाख ४८ हजार पाँच सय ४५ डोज प्रयोगमा आएको छ । यसबाहेक हालसम्म १८ लाख ६८ हजार एक सय १७ अतिरिक्त डोज खोप प्रयोगमा आएको मन्त्रालयले जनाएको छ । खोप अभियान जारी छ । 

गत २४ घन्टामा देशभर ४५ जनामा संक्रमण देखिएको छ । चार हजार सात सय ५२ जनामा गरिएको परीक्षणमा न्यून संख्यामा मात्रै संक्रमण देखिएको हो । कोभिड संक्रमणदर पछिल्लो केही सातायता सामान्य छ ।