मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ७ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ७ सोमबार १२:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बहालवाला जनप्रतिनिधि पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधानविरुद्ध सर्वोच्चमा रिट निवेदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ७ सोमबार १२:४६:oo

स्थानीय तह निर्वाचनको आचारसंहिताविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। आचारसंहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रिट दर्ताका लागि निवेदन पेस गरेका हुन्।

रिट निवेदनमा आयोगले तयार पारेको आचारसंहिताको पुनः उम्मेदवार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने प्रावधान सच्याउन माग गर्दै आइतबार रिट पेस गरेका हुन्। निवेदनमा जनप्रतिनिधिले चुनावअगावै राजीनामा दिँदा स्थानीय तह रिक्त हुने भएकाले प्रावधान हटाउन अन्तरिम आदेश माग गरिएको छ। 

सर्वोच्चका अनुसार रिट दर्ता गर्ने–नगर्नेबारे अध्ययन भइरहेको छ। सर्वोच्चका प्रवक्ता विमल पौडेलले रिट आइतबार पेस भएको र दर्ताबारे अध्यययन भइरहेको जानकारी दिए। ‘रिट दर्ताका लागि आएको छ। दर्ता गर्ने–नगर्नेबारे अध्ययनकै प्रक्रियामा छौँ,’ उनले नयाँ पत्रिकासँग भने।