१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १७:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावना न्यून : कांग्रेस प्रवक्ता महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:४१:oo

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय निर्वाचनमा सत्तागठबन्धनबीच तालमेल हुने सम्भावना एकदमै न्यून रहेको बताएका छन् । प्रेस युनियन बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता महतले गठबन्धनका दलहरूबीच तालमेल गर्न हुन्छ र हुन्न भन्ने बहसको पछाडि नलाग्न कांग्रेस नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए । ‘सत्तागठबन्धन दलहरूबीच निर्वाचनमा तालमेल हुने निश्चित छैन । कांग्रेसले एक्लै चुनाव जित्छ, अरू दलसँग तालमेल किन गर्नुपर्यो ?’ उनले भने । 

प्रवक्ता महतले कांग्रेस एक्लै चुनाव लड्ने पक्षमा भएको स्पष्ट पारे । ‘अरू दलले कस्तो प्रस्ताव ल्याउँछन्, जित–जित हुने अवस्थामा मात्र गठबन्धन दलको प्रस्तावलाई स्विकार्न सकिन्छ,’ उनले भने, ‘निर्वाचनमा समेत तालमेल गर्ने गरी गठबन्धन बनेको होइन । विशेष परिस्थितिमा बनेको गठबन्धन निर्वाचनसम्म नजान पनि सक्छ ।’

एमसिसी नेपाल र नेपालीको हितमा भए पनि सत्तागठबन्धनमा रहेका दलले नै बाहिर अफबाह फैलाएको उनको भनाइ छ । सत्तामा बसेका दलले एमसिसीविरुद्ध बाहिर नाराबाजी गर्न लगाएको बताउँदै उनले कांग्रेसले आफ्नो अडान नछोडेपछि अरू दल पनि लाइनमा आएको बताए । ‘अरू दलजस्तो नेपाली कांग्रेस होइन, कांग्रेस जे बोल्छ त्यो व्यवहारमा उतार्छ, जनतालाई देखाउन बाहिर विरोध गर्ने तर संसदमा समर्थन जनाउने दल नेपाली कांग्रेस होइन,’ महतले भने । 

सञ्चारकर्मीहरूको जिज्ञासामा उनले चैत महिनामै कांग्रेसले स्थानीय तह निर्वाचनको उम्मेदवार टुंग्याउने स्पष्ट पारे । उनले चुनावमा जित्नका लागि जाने भएकोले जित्न सक्ने नेताको पहिचान गरी उम्मेदवार बनाउने बताए । ‘आफ्नो मान्छेभन्दा राम्रो र भोट तान्न सक्ने लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिइनेछ,’ उनले भने ।  

ad
ad