मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ५ शनिबार
  • Thursday, 19 December, 2024
श्रवण थापा सर्लाही
२o७८ चैत ५ शनिबार o९:१२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राजर्षि जनक कप : न्युरोड टिम क्वार्टरफाइनलमा

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७८ चैत ५ शनिबार o९:१२:oo

न्युरोड टिम (एनआरटी) ले केविएस ग्लोबल बिएफसी चितवनलाई ३–० ले हराउँदै छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको स्थान पक्का गरेको छ । जितसँगै एनआरटी ८ चैतमा क्वार्टरफाइनलमा आयोजक बागमती युवा क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ । बागमती सीधै बाई पाउँदै अन्तिम आठमा पुगेको हो । यस सिजनमा न्युरोर्ड र बागमतीले दोस्रोपटक मोसफलको गोल्डकपमा प्रतिस्पर्धा गर्न लागेको हो । यस पहिला धनगढीमा सम्पन्न खप्तड गोल्डकपमा बागमतीले एनआरटीलाई टाइब्रेकरमा पराजित गरेको थियो ।

बागमती नगरपालिका–११ स्थित सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा चलिरहेको प्रतियोगितामा एनआरटीलाई चितवनले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । चितवनले ए डिभिजनको अनुभवी क्लबलाई पहिलो हाफमा बलियो डिफेन्सको रणनीति अपनाएको थियो । चितवनले मध्यान्तरपछि यसलाई निरन्तरता दिन नसक्दा तीन गोल बेहो¥यो । दोस्रो हाफमा एनआरटीले खेलमा सुधार गरेको थियो । 

मध्यान्तरपछि तीन गोल
खेलको ६८ औँ मिनेटमा एनआरटीले १–० को अग्रता लियो । कृतिष चुन्चोले एनआरटीलाई खेलमा अग्रता दिलाएका हुन् । चुन्चोले स्टेफन समिरको पासमा निकै सुन्दर गोल गरेका थिए । एक गोल खाएपछि चितवन दबाबमा देखियो । एनआरटी लगातार चितवनमाथि हाबी भयो ।  खेलको ८७औँ मिनेटमा चितवनका ब्रिक मगरले आत्मघाती गोल गर्दा एनआरटी २–० ले अघि रह्यो । एनआरटीका  चुन्चोको प्रहार गरेको बललाई क्लियर गर्ने क्रममा मगरले आफ्नै पोस्टमा गोल गर्न पुगे । खेलको ९०औँ मिनेटमा समिरले एनआरटीको जित ३–० ले पक्का पारे । 

खेलको पहिलो हाफमा दुवै टोलीले केही गोल सिर्जना गरेका थिए । आठौँ मिनेटमा चितवनका कप्तान यदुु सिलवालले डिबक्स नजिकैबाट गरेको सशक्त प्रहार क्रसबार हुँदै बाहिरियो । खेलको २६औँ मिनेटमा चितवनले अर्को गोल मौका खेर फाल्यो । सिलवालले डिबक्सबाटै गोल गर्न सकेनन् ।  

डिफेन्डर मार्टिन घाइते हुँदा चितवन दबाबमा
खेलको ८४औँ मिनेटमा चितवनका डिफेन्डर सेलो मार्टिन घाइते हुँदै मैदान बाहिरिएका थिए । राम्रा खेलाडी मैदान छाड्दा चितवन थप दबाबमा परेको थियो । दोस्रो हाफमा सम्हाल्न नसकेका कारण चितवन पहिलो खेलबाट बाहिरियो । खेलमा एनआरटीका कृतिष चुन्चो म्यान आफ द म्याच घोषित हुँदै १० हजार पुरस्कार प्राप्त गरेका छन् । शनिबारको प्रतियोगितामा एपिएफ क्लबले र पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुनको सामना गर्नेछ ।