१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १७:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने आचारसंहिताप्रति मेयर शाक्यको आपत्ति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:१३:oo

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीय तहमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिताप्रति आपत्ति जनाएका छन् । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उनले प्रधानमन्त्रीले पदमै रहेर निर्वाचन लड्दा स्थानीय तहका जनप्रतिनिधिका विषयमा भने आचारसंहिता फरक बनाइएकोमा असन्तुष्टि जनाए । 

 ‘निर्वाचन आयोगले कि स्थानीय तहका लागि मात्रै आचारसंहिता ल्यायो, त्यो शंकाको घेरामा छ। यसमा केही न केही खोट छ । यसमा पार्टीको पनि धारणा आउला। यसमा मेरो आपत्ति छ। यो स्थानीय जनप्रतिनिधिप्रतिको अविश्वास भएको छ,’ उनले भने।

मेयर शाक्यले सबैभन्दा बढी सम्पदा संरक्षण आफ्नो कार्यकालमा भएको दाबी गरे । एक सय ४९ सम्पदा संरक्षणका लागि भएको कार्यक्रमकाे विवरण सार्वजनिक गर्दै उनले यस्तो दाबी गरेका हुन्। ‘मेरो कार्यकालमा सबैभन्दा बढी सम्पदा संरक्षणको काम भएका छन,’ उनले भने, ‘केही कार्यक्रम सम्पन्न भए । केही भइरहेका छन्। यसबाहेक काठमाडौं महानगरबाहिर भगिनी सम्बन्ध स्थापना भएका नगरमा पनि हामीले यो योजनामा काम गरिरहेका छौँ।

मेयर शाक्यले नगरसभामा सर्वसम्मतजस्तै निर्णय गरेर काम गरे पनि उपमेयर हरिप्रभा खड्गीले असहयोग गरेको आरोप लगाए । राम्रो कामको जस आफूले लिने र विवादित काममा आफ्नो संलग्न नरहेको भन्दै पन्छिने काम गर्दै आइरहेको बताए । रानीपोखरी, कमलपोखरी र धरहराको विषयमा पनि उपमेयर खड्गीले त्यस्तो व्यवहार देखाएको बताए । भित्र समझदार हुने र बाहिर विवाद ल्याउने खड्गीको चरित्र भएकाले यो विषयमा स्पष्ट गर्न आफू तयार रहेको बताए । 

वसन्तपुरमा झन्डा राख्ने विषयमा झन्डामा सूर्य  चिह्न भएको र एमालेको प्रचार गर्न लाग्यो भन्ने जस्ता आरोप लगाइएको भन्दै उनले आफूलाई काठमाडौंको मेयरभन्दा पनि एमालेको भनेर प्रचार गरिएको उल्लेख गरे । 

काठमाडौंको मेयरमा फेरि आफूले उम्मेदवारी दिने वा नदिने भन्नेबारे पार्टीले निर्णय गर्ने बताए । उनले भने, ‘मेरो उम्मेदवारी  फेरि हुने या नहुने भन्ने पार्टीले निर्णय गर्नेछ। त्यसैलाई हामीले मान्नेछौँ, उनले भने, ‘मेरो कामबाट महानगरवासी खुसी छन्। म सन्तुष्ट  छु। धेरै परिणाम आइसकेको छ। केही परिणाम आउने क्रममा छन्।’  


 

ad
ad