मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २ बुधबार
  • Thursday, 19 December, 2024
श्रवण थापा सर्लाही
२o७८ चैत २ बुधबार o९:२५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राजर्षि  जनक कप : उद्घाटनमा हिमालयन शेर्पा र ध्रुवतारा स्पोर्टिङ झापा भिड्दै

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७८ चैत २ बुधबार o९:२५:oo

छैटाैँ राजर्षि जनक कपको फुटबल प्रतियोगिताको उद्घाटन खेलमा हिमालयन शेर्पा र ध्रुवतारा स्पोर्टिङ झापा भिड्ने भएका छन् । बुधबार बागमती नगरपालिका– ११, स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा खेल सुरु हुन लागेको हो । खेल दिउँसो २ बजेबाट सुरु गरिने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए । प्रदेशकै गौरवको रूपमा रहेको यस खेलको मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

उद्घाटन समारोहमा स्थानीय कला, संस्कृति तथा झाँकी प्रदर्शनको समेत तयारी गरिएको क्लबले जनाएको छ । खेलमैदान दायाँ–बायाँ तीन हजार दर्शक बस्न मिल्ने फलाममो प्यारापिट तयार गरिएको छ । दुई लाखको हाराहारीमा दर्शकले खेल अवलोकन गर्ने आयोजक क्लबका अध्यक्ष मैनालीले जानकारी दिए । 

यस प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब, एपिएफ क्लब, एडिभिजनका मच्छिन्द्र क्लब काठमाडाैं, न्युरोड टिम (एनआरटी) काठमाडौं, नेपाल आइस हिमालयन शेर्पा काठमाडौं, पाहुना एभिनियर फुटबल क्लब क्यामरुन, ध्रुवतारा स्पोर्टिङ क्लब झापा, पिप्ले युवा क्लब हेटौँडा, सुदूरपश्चिम ११ धनगढी, नवजनजागृति युवा क्लब सिमरा, केबिए ग्लोबल एफसी चितवन र आयोजक बागमती युवा क्लबले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगिताको अनुमानित लागत ८० लाख रहेको क्लबका सचिव कुमार प्रधानले जानकारी दिए । प्रतियोगिताको विजेता टोलीले राजर्षि जनक कप, नगद १० लाख एक हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद पाँच लाख एक हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । १२ टोलीले प्रतिस्पर्धा गर्ने यस प्रतियोगिताको फाइनल चैत १३ गते हुनेछ । उद्घाटन खेलका लागि नेपाल आइस हिमालयन शेर्पा  काठमाडाैं र ध्रुवतारा  स्पोर्टिङ क्लब झापा बागमती आइपुगेका छन् ।