Skip This
एमालेले बनायो चुनावी रणनीति र प्रारम्भिक योजना 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २ बुधबार
  • Sunday, 07 July, 2024
अध्यक्ष केपी ओलीनिवास बालकोटमा मंगलबार बसेको बैठक । तस्बिर : रासस
शुरोजंग पाण्डे काठमाडाैं
२o७८ चैत २ बुधबार o७:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एमालेले बनायो चुनावी रणनीति र प्रारम्भिक योजना 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २ बुधबार o७:२८:oo

प्रमुख विपक्षी दल एमालेले ३० वैशाखको स्थानीय चुनावका लागि प्रारम्भिक योजना र रणनीति निर्माण गरेको छ । जिल्लाको राजनीतिक शक्तिसन्तुलन र निर्वाचन तयारीको रिपोर्टिङका आधारमा चुनाव जित्ने रणनीति बनाउने गरी एमालेले उम्मेदवार छनोट गर्ने विधि र प्रक्रिया पनि तय गरेको छ ।

पृथ्वीसुब्बा गुरुङ उपमहासचिव, एमाले

केन्द्र, विभाग र फाँटमा काम गर्ने सबै नेतालाई जिल्लामै केन्द्रित गराएर परिचालन गर्ने पार्टीको रणनीति छ, उम्मेदवारको सिफारिस पनि रणनीतिसँगै जोडिएको छ ।

अध्यक्ष केपी ओलीनिवास बालकोटमा मंगलबार बसेको बैठकले निर्वाचनमा पार्टीले टिकट दिने उम्मेदवार सिफारिस र निर्णयको विधि तथा प्रक्रियासम्बन्धी निर्णय गरेको छ । उपमहासचिव तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख पृथ्बीसुब्बा गुरुङले सम्बन्धित वडा र पालिका कमिटीको सिफारिसमा वडाध्यक्ष र सदस्यको निर्णय जिल्ला कमिटीले गर्ने निर्णय भएको बताए । 

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको मेयर र उपमेयरको सिफारिस जिल्ला कमिटीले गर्ने र प्रदेश कमिटीले अन्तिम निर्णय गर्ने सचिवालयले निर्णय गरेको गुरुङले बताए । महानगर र उपमहानगरको मेयर र उपमेयरको निर्णय भने जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीबाट गर्ने एमालेले निर्णय गरेको छ । ०७४ को स्थानीय निर्वाचनमा पनि उम्मेदवार छनोटका लागि एमालेले यस्तै विधि र प्रक्रिया तय गरेको थियो । 

चुनावी घोषणापत्र मस्यौदालाई केन्द्रीय कमिटीबाट अन्तिम रूप दिनुअघि बुधबार पार्टीको नीति अनुसन्धान प्रतिष्ठानको आयोजनामा कार्यशाला गर्ने भएको छ । एमालेले नेतृत्व गरेको स्थानीय तहका जनप्रतिनिधिले गरेका काम र गर्न नसकेका कामलाई आधार मानेर चुनावी घोषणापत्रलाई केन्द्रीय कमिटीले अन्तिम रूप दिने गुरुङले बताए । घोषणापत्रको मस्यौदालाई पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटीमा प्रस्तुत गर्नुअघि एमालेले वुधबार बुद्धिजीवी परिषद्को संयोजनमा पार्टीसम्बद्ध बुद्धिजीवीलाई राखेर सुझाव लिँदै छ । 

घोषणापत्र लेखनको जिम्मेवारी एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्व गर्दै आएको पार्टीको नीति अनुसन्धान प्रतिष्ठानलाई दिएको छ । मंगलबार बैठकले प्रतिष्ठान सदस्यहरूमा उपमहासचिव प्रदीप ज्ञवालीसहित डा. राजन भट्टराई, डा. युवराज खतिवडा, डा. दिनेशचन्द्र देवकोटा, डा. अन्जान शाक्य, डा. राजेश अहिराज र अजय शर्मालाई मनोनयन गरेको छ । 

चुनावसम्बन्धी सम्पूर्ण योजना र रणनीति बनाउन एमालेले ७ चैतमा पोलिटब्युरो, ९ र १० चैतमा केन्द्रीय कमिटी र १३ चैतमा स्थायी समिति बैठक बोलाएको छ । बैठकहरूमा सम्बन्धित जिल्ला इन्चार्जले जिल्लाको राजनीतिक शक्तिसन्तुलन, अहिलेसम्म निर्वाचनका लागि भएका तयारीलगायतका विषयमा रिपोर्टिङ गर्ने उपमहासचिव गुरुङले बताए । पोलिटब्युरो बैठकमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । प्रतिवेदनमा एमालेको अवरोध हुँदाहुँदै एमसिसी पारित गरिएको घटना, सरकार सञ्चालनमा गठबन्धनको अकर्मण्यता, लथालिंग बनेको अहिलेको अर्थतन्त्रको चित्रसहितको विश्लेषणलगायतका विषयहरू समेटिने गुरुङले बताए । 

ad
ad
ad
ad