१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २९ आइतबार
  • Wednesday, 26 June, 2024
२o७८ फाल्गुण २९ आइतबार १२:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
साहित्य डिजिटल संस्करण

यदुनाथ भट्टराईको उपन्यास ‘योद्धा’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २९ आइतबार १२:५४:oo

साहित्यकार यदुनाथ भट्टराईद्वारा लिखित उपन्यास ‘योद्धा’ सार्वजनिक गरिएको छ। साहित्य संगम चितवनले शनिबार भरतपुरमा लोकार्पण तथा विमर्श कार्यक्रम आयोजना गरी उक्त कृति सार्वजनिक गरेको हो।

उक्त कृतिको समीक्षा डिआर पोख्रेल र धनप्रसाद सुवेदीले गरेका थिए। कार्यक्रममा उपन्यासकारले आफूले माओवादी जनयुद्ध भोगेको परिवेशलाई उपन्यासमा उतारेको बताए। २५ वर्षअघिको जनयुद्धको आवश्यकता, थालनी र बलिदानीसँगै युद्धले सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक जीवनमा पारेको प्रभावलाई प्रस्तुत गर्ने कोसिस गरिएको छ।

यसअघि भट्टराईको ‘युद्ध र शान्ति’ निबन्धसंग्रह सार्वजनिक भएको थियो। लमजुङमा जन्मिएका लेखक भट्टराई अवकाशप्राप्त शिक्षक हुन्। उनी अहिले चितवनको भरतपुरमा बसोवास गर्छन्।

ad
ad
ad
ad