१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २८ शनिबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २८ शनिबार १८:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस र एमाले बोरामा पैसा लिएर निर्वाचनमा जान्छन् : झलनाथ खनाल (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २८ शनिबार १८:२३:oo

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक भएको आरोप लगाएका छन् । शनिबार नेकपा (एकीकृत समाजवादी) इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा खनालले कांग्रेसका गठबन्धनसँग मिलेर चुनावमा नजाने पक्षमा रहेका नेताहरूले पैसाको धाक लगाएर पहिलो नम्बरमा आफूलाई निर्वाचनमा हराउने निर्णय गरेको आरोप लगाए । 

खनालले कांग्रेस र एमाले निर्वाचनमा पैसाको बोरा लिएर जाने पार्टी भएको आरोपसमेत लगाए । उनले आफ्नो पार्टीसँग कुनै पैसा नभएको बताउँदै जनता र सर्वहारा वर्गको पार्टीको रूपमा नेकपा एकीकृत समाजवादी रहेको दाबी गरे ।  खनालले निर्वाचनका लागि आफ्नो पार्टीले विचार, नीति, प्रतिबद्धताको कुरा अघि सारेर व्यावहारिक रूपले अघि बढ्ने बताए ।

उनले भने, ‘अब चुनावमा विभिन्न खालका शक्तिहरू अहिले आउँदै छन् । कांग्रेस त बोरामा पैसा बोकेर आउँछ । उनीहरूको चरित्र पनि त्यस्तै हो । केपी ओली पनि बोरामा पैसा लिएर जान्छन् । कांग्रेसका एकता नचाहने मान्छेहरूले बैठक गरे । उनीहरूले को मान्छेलाई हराउने भन्दा नम्बर एकमा झलनाथ खनाललाई भने । उनीहरूले त्यही ढंगले प्रयत्न गर्छन् । एमालेको अर्को बैठकले भन्यो, आफ्नो क्याम्पेन इलाम क्षेत्र नम्बर १ बाट गर्ने  । केपी ओलीलाई ६ गते लाने रे । के हुन्छ, कति मान्छे भेला गर्छन् हेर्न बाँकी नै छ ।  हाम्रो पार्टी भनेको सर्वहारा वर्गको हो । हामी बोरामा पैसा होइन, खल्तीमा पैसा लिएर पनि हिँड्न सक्दैनौँ । विचार, नीति, प्रतिबद्धताको कुरा अघि सारेर व्यावहारिक रूपले गर्न सक्ने कुरा गर्नेछौँ ।’

खनालले देशको परिस्थिति नयाँ मोडतिर अघि बढिरहेको उल्लेख गर्दै नेपालमा उल्टो तरिकाबाट निर्वाचनको प्रक्रिया भइरहेको बताए ।

ad
ad
ad
ad