Skip This
यी हुन् खुसीसाथ जिउने सात कला
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
२o८१ असार २१ शुक्रबार १o:४२:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यी हुन् खुसीसाथ जिउने सात कला

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार १o:४२:oo

खुसीसाथ जीवन जिउनुलाई एउटा कलाकै रूपमा लिइन्छ । किनकि खुसी हुनका लागि सिर्जनात्मक र रचनात्मक रूपमा सक्रिय रहनुपर्छ । सकारात्मक बाटो हिँड्न र बाँकी दुनियाँसँग पनि सकारात्मक दृष्टिकोणसहित अन्तक्र्रिया गर्न जरुरी हुन्छ । सारमा, जीवनका विविध पक्षमा सन्तुलन मिलाउन जरुरी छ । 

सकारात्मक सोच
आफ्नो लक्ष्य प्राप्त गर्न अनवरत दौडँदा कहिले सफलता हात लाग्छ त कहिले असफलता । सफल हुँदा हामी खुसी हुन्छौँ भने असफल हुँदा दुःखी । यसरी हाम्रो जीवन सकारात्मक र नकारात्मक सोचाइको चक्करमा अल्झिरहन्छ । त्यसैले यो दैनिक चक्करबीच सकेसम्म आफूलाई सकारात्मक राख्नुपर्छ । कुनै वेला नकारात्मक सोचाइ आइहालेमा पनि तुरुन्त सकारात्मक शब्दले भर्नु राम्रो हुन्छ । किनकि, हामी एउटै सोच जति दोहोर्‍याउँछौँ, त्यो त्यति नै गहिरो रूपमा हाम्रो मस्तिष्कमा बस्छ ।

विचारको निरीक्षण गर्ने
मनमा कहिले राम्रा त कहिले नराम्रा विचार आउनु स्वाभाविक हो । जस्तो विचार, भावना मनमा आउँछ, त्यस्तै खालको व्यवहार प्रस्तुत गर्छौँ । त्यसैले कस्तो वातावरण, कस्तो अवस्था हो, त्यसको विश्लेषण गरेर मात्र व्यवहार गर्न जरुरी हुन्छ । विचारलाई राम्रोसँग निरीक्षण गर्दै विवेकपूर्वक निर्णय गरेर मात्र व्यवहारमा उतार्नुपर्छ ।

आफूलाई प्रेम गर्ने
हिजोआज प्रेम शब्द धेरै नै प्रयोग गर्ने गरिन्छ । प्रेमका नाममा धेरै पीडा पाएको पनि सुन्न पाइन्छ । हामीले प्रेम सबैभन्दा पहिला आफैँलाई गर्नुपर्छ । यसो भन्दा स्वार्थीजस्तो पनि लाग्न सक्छ । वास्तवमा प्रेम सबैभन्दा पहिला आफूलाई नै गर्नुपर्छ । जसले आफूलाई प्रेम गर्दैन, अरूलाई उसले प्रेम गर्नै सक्दैन । त्यसैले त हाम्रो चाहनाअनुसारको परिणाम नआउँदा दुःखी हुन्छौँ । 

आफूलाई नगरी अरूलाई गरेको प्रेममा स्वार्थ मिसिएको हुन्छ । जसले गर्दा आफूलाई प्रेम गर्न जान्ने मान्छेले अरूलाई प्रेम गर्दा आसक्ति हुँदैन । सबैभन्दा पहिले आफूलाई चिन्ने, आफ्नो बलियो पक्ष, कमजोरी र लगाव जान्ने, त्यही आधारमा मान्यताहरू बनाउने गर्नुपर्छ । आफ्नो जीवनको लक्ष्य पहिचान गरेर त्यहीअनुसारका गतिविधिमा सहभागी हुनुपर्छ, जसले भित्रदेखि नै खुसी राख्छ । 

यो आत्मजागरणले त्यस्ता निर्णयहरू लिन सघाउँछ, जसले तपाईंको व्यक्तित्व झल्काउँछ । कोही पनि पूर्ण हुँदैन । तसर्थ, आफू जे छु, त्यसलाई स्विकार्नुपर्छ । शान्ति र खुसीका लागि यो जरुरी छ । 

खुसीको बहाना खोज्ने
हामी अनेक बहानामा दुःखी भइरहन्छौँ । यस्तो बानीले हरेक सकारात्मक कुरामा पनि नकारात्मकता देख्न सक्छौँ । त्यसैले हामीले हरेक वातावरण, परिस्थितिमा खुसी हुने मौका खोज्नुपर्छ, बानी बसाल्नुपर्छ । सुरुसुरुमा अभिनय नै किन नहोस्, खुसी हुने बानी गर्नुपर्छ । पछि यो नै बानीमा परिवर्तन हुन्छ । त्यसपछि कुनै पनि अवस्थामा सहज रूपमा खुसी हुन सक्छौँ । कसैले गल्ती गरेको थाहा पाउनासाथ उसलाई नकारात्मक रूपमा हेरिहाल्छौँ । हामीले उक्त व्यक्तिलाई क्षमा दिन पनि सक्नुपर्छ ।

जीवन अनिश्चित छ । कुनै समस्या आइपरे पनि धैर्यताका साथ त्यसको सामना गर्ने र ‘कमब्याक’ गर्ने इच्छाशक्ति राख्नुपर्छ । कुनै पनि परिवर्तन, जीवनमा आइपर्ने घटनालाई सहज रूपमा स्वीकार गर्न सक्दा तनाव कम भएर जान्छ । 

धन्यवाद ज्ञापन
हामीले प्रत्येक कुरा तथा कामका लागि धन्यवाद दिन जान्नुपर्छ । ठूलो कुराका लागि मात्र आभार प्रकट गर्ने तथा सानो कुरालाई बेवास्ता गर्ने धेरैको बानी हुन्छ । रान्डा ब्राइनले आफ्नो बहुचर्चित पुस्तक ‘सिक्रेट’मा अस्तित्वको आकर्षणको नियमबारे उल्लेख गरेकी छिन् । उनका अनुसार हामीले जस्तो सोच्छौँ, त्यस्तै अस्तित्वले पनि ऊर्जा फर्काइरहेको हुन्छ । त्यसैले सधैँ सकारात्मक भाव राख्ने गर्नुपर्छ । अस्तित्वबाट पनि सकारात्मक ऊर्जा नै दिइरहेको हुन्छ । हरेक कुरालाई अहोभाव प्रकट गर्ने बानी गरौँ, चाहे सकारात्मक होस् या नकारात्मक होस् । अरूलाई धन्यवाद ज्ञापन गरेर डायरीमा मिठा शब्दहरू पनि लेख्न सकिन्छ । यसले सकारात्मक सोच्ने अभ्यास गराउँछ । अरूप्रति करुणा र स्नेह देखाउनुपर्छ । अरूलाई सहयोग गर्दा प्राप्त हुने खुसी निकै राम्रो हुन्छ । 

योग र ध्यान गर्ने
हिजोआज योग, ध्यान विश्वव्यापी रूपमा प्रयोग भइरहेको छ । यसबारे धेरै अनुसन्धान पनि भइरहेका छन् । नियमित योगा र ध्यानले शरीर, मन, भावनामा भएको नकारात्मक ऊर्जाहरू हटेर सकारात्मक ऊर्जा बढ्न थाल्छ । जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन थाल्छ । हरेक जीवनको उतारचढावलाई राम्रोसँग सामना गर्ने शक्ति बढ्छ । नियमित व्यायाम, सन्तुलित खानपान र पर्याप्त निद्रा शारीरिक स्वास्थ्यका लागि तथा मानसिक स्वास्थ्यका लागि ध्यान जरुरी हुन्छ । 
ज्ञान र वृद्धिविकास 
ज्ञान हासिल गर्ने प्रक्रिया निरन्तर चलिरहन्छ । नयाँ–नयाँ सीप, जानकारी र सौखमा मस्तिष्क सक्रिय रहँदा यसले ज्यादा सकारात्मक सोच्छ । अध्ययन, वर्कसप तथा व्यक्तित्व विकासमा समय लगाउनुपर्छ । सामाजिक कार्यमा समय खर्चँदा पनि मानिसका तनावहरू कम हुन्छन् र खुसी बढ्छ । 

ad
ad
ad
ad