Skip This
तुलसीपुरमा मुक्त कमलरी सशक्तीकरण परियोजना सञ्चालन हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Sunday, 07 July, 2024
२o८१ असार २१ शुक्रबार १o:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

तुलसीपुरमा मुक्त कमलरी सशक्तीकरण परियोजना सञ्चालन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार १o:o९:oo

दाङको तुलसीपुरमा मुक्त कमलरी सशक्तीकरण परियोजना सञ्चालन हुने भएको छ । आगामी आर्थिक वर्ष ०८१/८२ देखि तुलसीपुरका तीनवटा वडामा उक्त परियोजना सञ्चालन हुन लागेको हो। तुलसीपुरको वडा नं. १५, १६ र १८ मा उक्त परियोजना चल्ने केन्द्रकी अध्यक्ष हिरामती चौधरीले जानकारी दिइन्। त्यस्तै, लमहीमा पनि उक्त कार्यक्रम चल्नेछ। लमहीको वडा नं. ३, ४ र ८ मा कार्यक्रम चल्नेछ । 

यसअघि घोराही उपमहानगरपालिकाको २, ४, ८ र १२ नम्बर वडामा कार्यक्रम सञ्चालन गरिएको थियो।  मुक्त कमलरीसहित पिछडिएको समुदायका लागि आर्थिक तथा सामाजिक विकासका लागि ती वडाहरूमा काम हुनेछ। मुक्त कमलरीहरूको आयआर्जन सुधारका लागि विभिन्न आयमूलक तालिम, नीति निर्माण तहमा सहयोग, सामग्री सहयोगलगायतका कार्यक्रम हुने संस्थाकी कार्यक्रम संयोजक सुलोचना चौधरीले जानकारी दिइन्। यो कार्यक्रम सन् २०२८ सम्म चल्नेछ । आइएम नेपालको सहयोगमा उक्त कार्यक्रम चल्न लागेको हो । बिहीबार तुलसीपुरमा कार्यक्रम गरी उक्त परियोजनाबारे जानकारी गराइएको हो । मुक्त कमलरी सशक्तीकरण परियाेजनाको नाममा सञ्चालन हुन लागेको हो। 

त्यस अवसरमा कमलरी मुक्तपछिको जीवनलाई सहज बनाउन स्थानीय सरकारले भूमिका खेल्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए। कमलरीहरूलाई आयआर्जनमा जोडेर अगाडि बढ्दा समस्या समाधान हुने उनको भनाइ छ । त्यस अवसरमा उपमहानगरपालिकाका शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो। दाङमा तीन हजार ६ सय ५८ मुक्त कमलरी छन् ।  उनीहरूको हकहितका लागि मुक्त कमलरी विकास केन्द्रले कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

ad
ad
ad
ad