Skip This
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा दुर्घटनामा परी मृत्यु भएका निसिमको सालिक अनावरण 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
२o८१ असार २१ शुक्रबार १o:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा दुर्घटनामा परी मृत्यु भएका निसिमको सालिक अनावरण 

शालिक राखिको स्थान र आकारलाई लिएर विवाद  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार १o:३७:oo

नवौँ राष्ट्रिय खेलकुद प्रतियाेगिताको क्रममा दुर्घटनामा परी मृत्यु भएका प्याराग्लाइडिङका खेलाडी निसिम थापाको सालिक बिहीबार अनावरण गरिएको छ । प्रतियोगितामा नेपाली सेनाको तर्फबाट सहभागी थापाको क्रसकन्ट्री विधाको प्रतिस्पर्धा गर्ने क्रममा ३० असोज ०७९ का दिन पोखरा– १८ सराङकोटमा दुर्घटनामा परी मृत्यु भएको थियो ।

उनको मृत्युपछि राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशालाभित्र सालिक निर्माण गर्ने घोषणा गरेको थियो । सोही घोषणाअनुसार निर्माण गरिएको सालिकको राखेपका बोर्ड सदस्य राजेशकुमार गुरुङले बिहीबार आयोजित एक कार्यक्रमबीच अनावरण गरेका हुन् ।

राखेपको करिब १५ लाख र निसिमको नाममा स्थापना भएको फाउन्डेसनको करिब पाँच लाख लगानीमा सालिक र पार्क निर्माण गरिएको हो ।

सालिक राखिएको स्थान र आकारलाई लिएर विवाद  
निसिमको सालिक निर्माणका लागि छनाेट गरिएको स्थानको विषयलाई लिएर निर्माण सुरु गर्दाका समयदेखि विवाद रहेको थियो । रंगशालाको मुख्य प्रवेशद्वारभन्दा करिब सय मिटरको दूरीमा ओलम्पिक टर्च निर्माण गरिएको छ । सोही टर्चमुनि सालिक निर्माण गरिएका कारण स्थानको विषयलाई लिएर विवाद भएको हो । निर्माण गरिएको स्थानसँगै सालिकको आकारसमेत ठूलो रहेको छ । टर्चलाई छेक्ने गरी निर्माण गरिएको अर्धकदको सालिकको आकार आठ फिट अग्लो र ६ फिट चौडाइ रहेको छ ।

सालिक निर्माण गरिएको स्थल राखेपले उपलब्ध गराए पनि आकारको तय भने निसिमका परिवारले गरेका हुन् । उनको सालिक निर्माणलाई लिएर कसैको विरोध नभए पनि छनोट गरिएको स्थान र आकारको विषयलाई लिएर भने विवाद भएको थियो । 

यस विषयमा निसिमका बुबासँग प्रश्न गर्दा स्थान र आकारका विषयलाई लिएर सुरुमा सामान्य विवाद भएको तर पछि राखेपबाट नै आकारको स्वीकृत लिएर सालिक राखिएको बताए । आफूले यो स्थान, त्यो स्थान पनि नभनेकाे र राखेपले सालिक राख्नका लागि यो स्थान चयन गरेर पूजा गरिसकेपछि निर्माण सुरु गरी सम्पन्न गरिएको उनको भनाइ छ । 

‘यसअघि राखेपका सदस्यसचिव टंकलाल घिसिङसमेत आएर हेरिसक्नु भएको हो । उहाँले समेत स्थान र आकारमा सम्बन्धमा कुनै कुरा गर्नु भएन अनि हामीले निर्माणको सबै काम सकेका हौँ,’ निसिमका बुबाले भने। 

खेल संघका पदाधिकारीसँगै खेलाडीले यसबारेमा आफ्नो नाम उल्लेख गर्ने गरी केही बताउन भने चाहेनन् । तर, उनीहरूले खेलाडीको स्मरणमा राज्यले गरेको यो काम भने राम्रो रहेको भए पनि हाल जुन स्थान र आकारको सालिक बनाइयो त्यो भने उपयुक्त नभएको बताए । सालिकको आकारको एउटा सीमा हुन्छ होला, त्यसमा ध्यान दिइएन, सालिकको आकार अस्वाभाविक र भद्दा छ र सँगै ओलम्पिक टर्चसमेत भएको र टर्चलाई छेक्ने गरी निर्माण गरिएकाले त्यसमा मात्र आफूहरूको असहमति रहेको उनीहरूको भनाइ छ ।

ad
ad
ad
ad