Skip This
यी हुन् इरानको दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनका प्रतिस्पर्धी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
२o८१ असार २१ शुक्रबार १o:५४:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

यी हुन् इरानको दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनका प्रतिस्पर्धी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार १o:५४:oo

इरानमा दोस्रो चरणको राष्ट्रपतीय चुनावको तयारी सबै पूरा भएको छ । उम्मेदवारले गर्ने चुनावी प्रचार पूरा भएर मौन अवधि सुरु भएको छ । दुई उम्मेदवारले आ–आफ्ना अडान स्पष्ट पारिसकेका छन् । बाँकी छ भने मत खसाल्न मात्र बाँकी छ । पहिलो चरणमा सम्पन्न निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवार सइद जलिली र मसुद पेजेस्कियानबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो । जुन २८ मा भएको पहिलो चरणको निर्वाचन भएको थियो ।

मे १९ मा हवाई दुर्घटनामा राष्ट्रपति इब्राहिम रायसीको मृत्यु भएपछि इरानमा नयाँ राष्ट्रपतिको चयनका लागि यो निर्वाचन हुन लागेको हो । पहिलो चरणको निर्वाचनमा पेजेस्कियानले कुल खसेको मतमध्ये ४४.४ प्रतिशत मत पाएका थिए भने दोस्रो स्थानका जलिलीले ४० प्रतिशत मत पाएका थिए । तेस्रो स्थानमा रहेका उम्मेदवार तेहरानका पूर्वमेयर मोहम्मद बगेर गालिबाफले १४.४ प्रतिशत मत प्राप्त गरे । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि शीर्ष दुई उम्मेदवार दोस्रो चरणमा पुगेका हुन् । यसपटकको चुनावमा रेकर्डस्तरको न्यून मतदान भएको छ । मतदानका लागि योग्य ६.१ करोडभन्दा बढी इरानीमध्ये ४० प्रतिशतले मात्र पहिलो चरणमा भाग लिएको पाइएको छ ।

दोस्रो चरणको प्रतिस्पर्धा रोचक हुने देखिन्छ । पहिलो चरणको निर्वाचनमा न्यून मत पाएका दुईजना रुढिवादी उम्मेदवार र तेस्रो स्थानका गालिबाफले दोस्रो चरणको निर्वाचनमा जलिलीलाई समर्थन जनाएका छन् । पेजेस्कियनको जितका लागि दोस्रो चरणमा पहिलोमा भन्दा उच्च मतदाता मतकेन्द्र पुग्नुपर्ने विश्लेषकले बताएका छन् । त्यसका लागि ठूलो संख्याका मध्यमार्गी तथा सुधारवादी इरानीले कट्टरपन्थी जलिलीको जितलाई रोक्नैपर्ने ठान्नुपर्ने हुन्छ ।

उम्मेदवारको पृष्ठभूमि 
दोस्रो चरणका निर्वाचनमा सइद जलिली र मसुद पेजेस्कियानबीच प्रतिस्पर्धा हुनेछ । जलिलीले सन् २००७ र २०१२ बीचमा इरानका प्रमुख आणविक वार्ताकार थिए । त्यस भूमिकामा रहेर उनले पश्चिमी मुलुकका प्रतिनिधिसँग कैयौँ चरणका वार्तामा सहभागी भए । यस अवधिमा उनी अन्तर्राष्ट्रिय रूपमा परिचित रहे । पछिल्लो समय उनी ‘सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्’मा देशका सर्वोच्च नेता अलि खामेर्नीका प्रत्यक्ष प्रतिनिधिमध्ये एकका रूपमा सेवा गरिरहेका छन् । उनले विगतमा दुईपटक राष्ट्रपति निर्वाचनमा भाग लिएका थिए, जसमा उनी असफल भए ।

उता अर्का उम्मेदवार मसुद पेजेस्कियान मुटु रोगसम्बन्धी शल्यचिकित्सक हुन् । पेजेस्कियान सन् २००८ देखि संसद् सदस्य छन् । सन् २०१६ देखि २०२० बीचमा उनी संसद्को उपसभामुख थिए । यसबाहेक, उनका विगतका अधिकांश सरकारी सेवा स्वास्थ्यसँग सम्बन्धित थिए । उनी सन् २००० को दशकको प्रारम्भतिर स्वास्थ्यमन्त्री थिए भने इरानी संसद्को स्वास्थ्य आयोगको लामो समयसम्म सदस्य रहिसकेका छन् । पेजेस्कियानले यसअघि सन् २०२१ मा पनि राष्ट्रपतिको उम्मेदवारी दिने प्रयास गरेका थिए । तर, उम्मेदवार छनोटबारे निर्णय गर्ने ‘गार्जियन काउन्सिल’ले उनी उम्मेदवार हुन अयोग्य भएको घोषित गरेको थियो ।

कसले गर्छन् देशको राजनीतिक संस्थापनको प्रतिनिधित्व ?
ध्यान दिनुपर्ने पहिलो कुरा के हो भने इरानको राजनीतिक एलिट एउटै समूहमा छैन । देशका सर्वोच्च नेता अली खामेनीको वरिपरि विभिन्न शक्ति केन्द्र छन् । जलिली र पेजेस्कियान दुवै लामो समयदेखि यिनै शक्तिकेन्द्रका सदस्य हुन् । उनीहरू दुवै इरान सरकारका बफादार रहँदै आएका छन्, भलै पेजेस्कियान शक्तिकेन्द्रमध्ये सुधारवादी गुटका नजिक नै किन नहुन् । विशेषगरी हालका वर्षमा कन्जर्भेटिभहरूले इरानको राजनीतिक संस्थापनमा प्रभाव बढाउँदै लगेका छन् र यो समूह अहिले जलिलीको वरिपरि एकताबद्ध भएका छन् । 

जालिली र पेजेस्कियान दुवैले देशको सैन्य बलको एक हिस्सा शक्तिशाली इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिजी)प्रति सकारात्मक छन् । आइआरजिजीलाई केही पश्चिमी देशले आतंकवादी गतिविधिलाई प्रायोजन गरेको आरोप लगाएर प्रतिबन्ध लगाएका छन् । जालिली आइआरजिसीका पूर्वसदस्यसमेत हुन् । पेजेस्कियानले पनि विगतमा संगठनका लागि आफ्नो बर्दी लगाएर आफ्नो समर्थन प्रदर्शन गरेका छन् । पेजेस्कियानले सरकारविरोधी प्रदर्शनविरुद्ध अपनाएका केही कदमको विरोध गरेको भए पनि ती प्रदर्शनप्रति समर्थन जनाउन अस्वीकार गरेर देशको राजनीतिक प्रणालीप्रति आफ्नो निष्ठा प्रदर्शन गरेका छन् । 

फरक धारलाई प्रतिनिधित्व गर्छन् उम्मेदवार
जालिली उनका मित्रसमेत रहेका दिवंगत राष्ट्रपति रायसीजस्तै रुढिवादी कट्टरपन्थी नेता हुन् । पश्चिमाविरोधी व्यक्तित्व बनाएका जालिलीले ‘सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्मा’ सर्वोच्च नेताका प्रत्यक्ष प्रतिनिधिको हैसियतमा रहेर सन् २०१३ देखि २०२१ बीचको उदारवादी हसन रुहानीको कार्यकालमा ‘छाया सरकार’ चलाएको आरोप लाग्छ । जलिली सन् २०१५ मा ओबामाको नेतृत्वमा भएको इरान र विश्वका शक्तिराष्ट्रबीचको परमाणु सम्झौताको विरोधी थिए । जालिली राष्ट्रपति भए भने ट्रम्पले निलम्बन गरिदिएको सो सम्झौता पुनर्स्थापितगराउन पश्चिमी सर्तहरूमा सहमत हुन उनी चाहँदैनन् । अर्थतन्त्रको सबालमा उनले मुद्रास्फीतिलाई द्रुत रूपमा घटाउने वाचा गरेका छन्, तथापि त्यसको कार्यान्वयन विधिबारे उनले विस्तृत विवरण पेस गरेका छैनन् । अर्कोतर्फ पेजेस्कियानलाई उदारवादी मानिन्छ । उनले पूर्वराष्ट्रपति मोहम्मद खतामी र हसन रुहानीजसरी इरानका संस्थापनभित्रका वरिष्ठ मध्यपन्थी तथा सुधारवादी नेताहरूको समर्थन प्राप्त गरेका छन् । पेजेस्कियानले राष्ट्रपति भएमा सन् २०१५ को आणविक सम्झौतालाई पुनर्स्थापितगर्न लागिपर्ने बताएका छन् । उनले यसअघि सन् २०२२ मा प्रहरी हिरासतमा महसा अमिनीको मृत्युपछि इरानमा उठेको देशव्यापी प्रदर्शनविरुद्ध राज्यले चालेको दममको विरोध जनाएका थिए । 
 

ad
ad
ad
ad