मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २८ शनिबार
  • Thursday, 19 December, 2024
२o७८ फाल्गुण २८ शनिबार १२:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वैदेशिक सम्बन्ध सत्ता आरोहणको सिँढी बनाइयो : राजेन्द्र लिङ्देन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २८ शनिबार १२:२६:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक दलहरुले नेपालको बैदेशिक सम्बन्धलाई सत्ता आरोहणको सिँढी बनाएको धारणा राखेका छन् । शनिबार सुर्खेतमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै लिङ्देनले यस्तो बताएका हुन् । उनले वैदेशिक सम्बन्धलाई राजनीतिक दलहरुले सत्ता आरोहणको सिढीका रुपमा  प्रयोग गरेको भन्दै त्यसले दीर्घकालिन असर पार्ने बताए । 

‘देशका प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्ता आरोहरणको सिढीका रुपमा प्रयोग गर्ने चेष्टा गरे । सत्तामा बसिराखेकाहरुले सत्तामै बसिराख्ने लिसोको रुपमा प्रयोग गरेका छन्,’ अध्यक्ष लिङ्देनले भने, ‘यस्तो आलोकाँचो व्यवहारले नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत भएको छ ।’ 

एमसिसी संसदबाट पारित गर्नका लागि ल्याइएको व्याख्यात्मक टिप्पणीले कालान्तरमा देशलाई नोक्सानीतर्फ लैजाने लिङ्देनको दाबी थियो । नेपालमा राजनीतिक दलहरुसँग वैदेशिक नीतिको स्पष्ट खाका नभएको उनको भनाइ थियो । नेपालको परराष्ट्र नीति आलोकाँचो रहेकाले त्यसलाई बदल्नुपर्ने उनले बताए ।