मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २७ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण २७ शुक्रबार १७:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शिक्षा र स्वास्थ्यको क्षेत्रमा धनी र गरिबबीच हुने विभेद अन्त्य हुनुपर्छ : उपराष्ट्रपति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण २७ शुक्रबार १७:४५:oo

उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा धनी र गरिबका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताएका छन् । शुक्रबार २४औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले शिक्षा र स्वास्थ्यमा धनी र गरिबका बीचमा विभेद भएकाले अन्त्य हुनुपर्ने बताएका हुन् । धनीका छोराछोरीहरूले शिक्षा र स्वास्थ्यमा प्रशस्त अवसरहरू पाएको भए पनि गरिबहरूले यस्तो अवस्थाबाट वञ्चित हुनुपरेको उनले बताए। सबैले विनाभेदभाव सर्वसुलभ रूपमा स्वास्थ्योपचार र शिक्षा पाउनुपर्ने उनले बताए । 

उपराष्ट्रपति पुनले भने ‘कुनै पनि रोगहरू त्यसले हुने खाने व्यक्ति अथवा धनी, गरिब कुनै पनि रोगबाट कसैले उपचार पाउने, कसैले उपचार नपाउनेजस्ता समस्याहरूको अन्त्य हुनुपर्छ । विभेदको अन्त्य हुनुपर्दछ । र, उपचारजस्ता कुराहरूमा सबैको हक समान हुनुपर्छ । यद्यपि हामीले संविधानमा व्यवस्था गरे पनि प्राक्टिसमा लागू गर्न सकिरहेका छैनाैँ । खासगरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा अथाह पैसा खर्च भएको छ । अथाह विभेदहरू छन् । हुनेखानेका छोराछोरी ठूल्ठूला स्कुलमा, ठूल्ठूला स्वास्थ्योपचारमा, विदेशमा र हुँदा खानेका छोराछोरी ग्रामीण स्कुलमा पढ्न नपाएर शिक्षाबाट पनि वञ्चित भएको अवस्था छ । उपचारमा पनि त्यस्तै छ । यो व्याप्त विभेदहरुको अन्त्य हुनुपर्छ भन्ने तपाईं हाम्रो सबैको आवाज हो ।’

उपराष्ट्रपति पुनले कुष्ठरोग प्रभावित सबै व्यक्तिहरूप्रति समान भाव व्यक्त गर्न र सहयोग गर्न पनि आग्रह गरे । कुष्ठरोगको निर्मूल र प्रभावकारी उपचारका लागि उनले नेपाल सरकारको ध्यानाकर्षण गराए ।