१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २६ बिहीबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २६ बिहीबार १३:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्वतारोहण संघको साधारणसभा चैत ९ मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २६ बिहीबार १३:५२:oo

पर्वतारोहीहरूको छाता संगठन नेपाल पर्वतारोहण संघ (एनएमए)को ३१औँ वार्षिक साधारणसभा आगामी चैत ९ गते आयोजना हुने भएको छ। कोभिड– १९ महामारीका कारण अघिल्लो वर्ष हुनुपर्ने संघको साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रभावित भएको थियो। 
    
महामारीको जोखिम कम भएसँगै पर्यटकीय क्षेत्र सबै खुलेकाले अहिले पर्यटकीय संस्थाको साधारणसभा तथा अधिवेशन धमाधम हुन लागेको हो। यसअघि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) र घरबास कार्यक्रम ‘होमस्टे’को साधारणसभा पनि चैतको दोस्रो साताका लागि तय गरिएको छ। नेपाल एसाेसिएसन अफ टुर एन्ट ट्राभल एजेन्ट्स् (नाट्टा)को पनि छिट्टै वार्षिक साधारणसभा हुने जनाइएको छ।

संघका महासचिव कुलबहादुर गुरुङले संस्थाको साधारणसभाको मिति घोषणा गरेर आवश्यक तयारी भइरहेको जानकारी दिए। संस्थाको विधान परिवर्तन गरेर नयाँ कार्यसमिति चयनका लागि निर्वाचन गर्नुपर्ने भएकाले पनि पहिला साधारणसभा गरेर त्यसलगत्तै कार्यसमिति चयनका लागि निर्वाचनको कार्यक्रम अघि बढाइने उनको भनाइ छ।

संघको केन्द्रीय समितिको हालैको बैठकले चैत ९ गते साधारणसभा र आगामी २०७९ असार महिनाभित्रमा कार्यसमितिको निर्वाचन गर्ने प्रयोजनार्थ सोही सभामा संस्थाको विधानसमेत संशोधन गर्नुपर्ने भएकाले सबै साधारण सदस्यलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ।

आसन्न वषन्त ऋतु सर्वाधिक आरोहणका समय भएकाले आरोही आरोहण सकेर फर्केपछि सहज हुने गरी निर्वाचन कार्यक्रम गर्ने संघको योजना छ। संस्थाको सन् २०२० को अगस्टमा वर्तमान कार्यसमितिको कार्यकाल सकिए पनि महामारीका कारण साधारणसभा हुन सकेको थिएन। संघको अध्यक्ष, पदाधिकारी र सदस्य गरी २५ सदस्यीय नयाँ कार्यसमिति रहन्छ। उक्त कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ। रासस