१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २६ बिहीबार
  • Wednesday, 03 July, 2024
२o७८ फाल्गुण २६ बिहीबार o७:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

कांग्रेस सिराहामा असन्तुष्ट पक्षद्वारा समानान्तर जिल्ला कार्यसमिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २६ बिहीबार o७:४८:oo

कांग्रेस सिराहामा संस्थापन पक्षले निर्वाचनमा धाँधली गरेको भन्दै असन्तुष्ट पक्षले समानान्तर जिल्ला कार्यसमिति घोषणा गरेको छ । सोमबार भएको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै मतदान बहिष्कार गरेको संस्थापनइतरको समूहले सभापतिका प्रत्यासी रामसुन्दर चौधरीको नेतृत्वमा समानान्तर समिति घोषणा गरेको हो ।

बुधबार असन्तुष्ट पक्षको बैठकले चौधरी नेतृत्वको प्यानललाई नै कार्यसमिति बनाएको घोषणा गरेको छ । समितिले निर्वाचनमा धाँधली गरेर निर्वाचित भएको भन्दै रामचन्द्र यादव नेतृत्वको कार्यसमितिलाई नमान्ने निर्णयसमेत गरेको छ ।

दुईतिहाइ प्रतिनिधि आफ्नो पक्षमा भए पनि यादवले शक्ति र प्रहरी प्रशासनको आडमा निर्वाचनमा धाँधली गरेर निर्वाचित भएको चौधरी पक्षले आरोप लगाएको छ । यो चुनाव रद्द गरेर नयाँ निर्वाचन सदरमुकाममा गरिनुपर्ने माग उनीहरूले गरेका छन् । पुनः निर्वाचन नभएमा आफूहरूले सबै गतिविधि यही समितिमार्फत सञ्चालन गर्ने महासमिति सदस्य डा. सुभासचन्द्र यादवले बताए । 

 धनुषामा आज दोस्रो चरणको मतदान 
 कांग्रेस धनुषाको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान हुने भएको हो । सभापतिका उम्मेदवारमध्ये नेता विमलेन्द्र निधिनिकट योगेन्द्र पजियारले एक हजार २४८, संस्थापन पक्षका सन्तोषकुमार यादव ८८३ र कोइराला पक्षका दिनेशप्रसाद प्रसैलाले ६३० मत ल्याएका थिए ।

दुई हजार ९१२ मत खसेकोमा १५१ मत बदर भएको कांग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ । कांग्रेसको विधानअनुसार सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ । त्यसैले सर्वाधिक मत ल्याउने पजियार र दोस्रो बढी मत ल्याउने यादवबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन समितिका सदस्य रामगुलाम कर्णका अनुसार दोस्रो चरणको मतदानका लागि बिहीबार बिहान ८ देखि ११ बजेसम्मको समय तोकिएको छ । 

ad
ad
ad
ad