१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २५ बुधबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २५ बुधबार १२:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सुरक्षा फौजमा १८ हजार पुग्यो महिला जनशक्ति 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २५ बुधबार १२:३४:oo

भर्नामा समावेशी कोटाले सुरक्षा निकायमा महिलाको उपस्थिति सशक्त बन्दै गएको छ।  संख्या मात्र बढेको छैन, महिला उच्च पदमा समेत पुगेका छन्।  

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीमा गरेर महिला जनशक्तिको संख्या करिब १८ हजार नाघेको छ।  नेपाल प्रहरीमा महिलाको संख्या ११ प्रतिशत पुगेको छ।  हाल कार्यरत ७५ हजार चार सय ४६ मध्ये आठ हजार तीन सय ४३ महिला छन्।  जसमा एक सय ६१ जना सिनियर अफिसर छन्।  

एक एआइजी, एक डिआइजी, सात एसएसपी, आठ एसपी, २८ डिएसपी र एक सय १६ जना महिला इन्स्पेक्टर छन्।  प्रहरी अस्पतालको एआइजीमा डा. आशा सिंह कार्यरत छिन् भने प्रशासनतर्फ पूजा सिंह डिआइजी पदमा पुगेकी छिन्।  

त्यस्तै, तीन सय तीन सइ, पाँच सय असइ, एक हजार एक सय ७५ हवल्दार, पाँच हजार ६ सय ३० जवान र चार सय ८१ कार्यालय सहयोगी छन्।  हालै भर्ना भएर तालिममा चार इन्स्पेक्टर, तीन असइ र ७७ जना जवान रहेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ।  

दुई वर्षअघि महिला प्रहरीको संख्या ६ हजार ६ सय थियो।  पछिल्लो तथ्यांकले महिलाको संख्या बढ्दै गएको प्रहरी प्रवक्ता विष्णुकुमार केसीले बताए।  

सशस्त्र प्रहरीमा महिला प्रहरीको संख्या तीन हजार एक सय पुगेको छ।  ३७ हजार ५४ दरबन्दी रहेको सशस्त्रमा महिला प्रशासनतर्फ डिएसपीसम्म पुगेका छन्।  प्राविधिकतर्फ भने एकजना एसपी छन्।  

एपिसी चलाउनेदेखि बम डिस्पोजल टोलीसम्ममा महिला सैनिक 
सेनामा ०६१ सम्म प्राविधिक सेवामा मात्र महिलालाई भर्ना लिइन्थ्यो। ०६१ मा पहिलोपटक सामान्य सेवातर्फ सहायक सेनानीमा महिलालाई भर्ना खोलियो।  पछिल्ला वर्षमा समावेशी कोटामा समेत भर्ना सुरु भएपछि महिला सैनिकको संख्या उल्लेख्य बढेको छ।  

सेनामा दुई वर्षमै एक हजार पाँच सय महिला सैनिक बढेका छन्।  दुई वर्षअघि महिलाको संख्या पाँच हजार थियो, हाल करिब ६ हजार पाँच सय पुगेको छ।  सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार हाल करिब ९६ हजार फौजमा ६.८ प्रतिशत महिला जनशक्ति छ।  

‘सेनामा हरेक क्षेत्रमा महिलाको उपस्थिति सशक्त छ,’ उनले भने, ‘बम डिस्पोजल टिममा महिला छन्, शान्ति मिसनमा एपिसीसमेत महिलाले चलाउन थालेका छन्।’ 

सेनामा प्राविधिकतर्फ हाल सहायक रथी पदमा महिला छन्।  सामान्य सेवातर्फ भने प्रमुख सेनानीसम्म पुगेका छन्।  स्वास्थ्य तथा कानुनतर्फ महिलाहरू सहायक रथीका रूपमा कार्यरत छन्।  


 

ad
ad
ad
ad