मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ फाल्गुण २४ मंगलबार १२:४८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जापानद्वारा रुस र बेलारुसविरुद्ध प्रतिबन्ध प्याकेजको विवरण सार्वजनिक

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण २४ मंगलबार १२:४८:००

जापानी विदेश मन्त्रालयले युक्रेनको अवस्थाको सम्बन्धमा रुस र बेलारुसविरुद्ध तेस्रो प्रतिबन्ध प्याकेजको विवरणहरू सार्वजनिक गरेको छ। उसले अन्य २० रुसी र १२ बेलारुसी नागरिकहरूविरुद्ध समेत व्यक्तिगत प्रतिबन्धहरू लगाउनुका साथै थप दुई रुसी र १२ बेलारुसी संगठनविरुद्ध पनि प्रतिबन्ध लगाएको छ।

सशस्त्र बलहरू, कानुन प्रवर्तन एजेन्सीहरू र खुफिया संगठनहरूसहित बेलारुसी रक्षा मन्त्रालयका लागि निर्यात प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। व्यक्तिगत प्रतिबन्धहरू विशेषगरी क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभ, चेचेन नेता रमजान कादिरोभ, व्यापारी बोरिस रोटेनबर्ग र अलिशेर उस्मानोभलगायतमाथि लगाइएको हो।

जापानले रुसलाई तेल प्रशोधन गर्ने उपकरण निर्यातमा पनि प्रतिबन्ध लगाएको जापानी विदेश मन्त्रालयले जनाएको छ। रासस/एएनआई